नेपाल आइडल सिजन टु टफ फोर प्रतिस्पर्धीले कोरियामा धमाका मच्चाउँदै।
दक्षिण कोरियाको मुख्य चाड सलनाल अर्थात नयाँ बर्षकाे अवसरमा फेब्रुअरी ५ का दिन नेपाल आइडलका शीर्ष ४ प्रतिस्पर्धीले राजधानी सउलमा आफ्नो धमकेदार प्रस्तुती दिने भएका छन् । नेपाल आइडल सिजन टूका टफ फोर प्रतिस्पर्धी बिक्रम बराल, सुमित पाठक, रवी ओड र अस्मिता अधिकारी सहितका कलाकारको कोरिया टूर तय भएको नुवाकाेट समाजका अध्यक्ष सन्ताेष कुमार राइले बताए।
कोरियामा रहेर नेपाल र नेपालीको हितमा सक्रिय नुवाकोट समाजले कोरियामा रहेका प्रदेश नम्बर ३ का जिल्लाबासी एवं अन्य संघ संस्थासँगको सहकार्यमा आइडल टोलीको टूरका लागि एपी वान एचडी टेलिभिजनसँग सम्झौता गरेको कुरा समाजका अध्यक्ष राइले बताए।
कार्यक्रम नितान्त सामाजिक सेवाका लागि गर्न लागिएको र कार्यक्रमबाट बचत भएकाे रकम नुवाकोट जिल्लाका दुर्गम क्षेत्रमा बसोबास गर्ने बालबालिकाको शिक्षाका लागि सहयाेग गरिने आयोजक समितिका सचिब सुन्दरप्रसाद अधिकारीले बताएका छन् ।
यो सिजनका टप चार प्रतिस्पर्धीको प्रस्तुतिको समाचारले कोरियाबासी नेपाली उत्साहित भएको आयोजकले बताएका छन् । कार्यक्रमको विस्तृत विवरण पछि दिइने आयोजकले बताएको छ ।