तमु धीं दक्षिण कोरिया थेगु शाखाले डिसेम्बर ३० मनाउने तमु ल्होछारको तयारी तीव्र


तमु धीं दक्षिण कोरिया थेगु शाखाले यहि आउँदो डिसेम्बर ३० मा तमु ल्होसार मनाउने भएको छ । खी (ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो(ल्हो (मृग वर्ग) लाई स्वागत गरि (स्यों कैं) दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित आयोजना गरिने भएको हो ।
“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु“ अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।“ भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी नारालाई आत्मासाथ गर्दै दक्षिण कोरियाको दक्षिणी भेग थेगु शहरको सुविधा सम्पन्न हल “मेईल गार्डेन हल“मा ल्होसाररल्होछार मनाउने तीव्र तयारी भईरहेको तमु धीं दक्षिण कोरिया थेगु शाखाका अध्यक्ष हर्क गुरुङले जानकारी दिए । तमु (गुरुङ) समुदायको महान् पर्व ल्होसाररल्होछारको कार्यक्रम आयोजना सँगै आफ्नो जातीय संस्कृति, भेषभूषा र परम्पराको संरक्षण एवं सम्बर्द्वनमा प्रत्यक्ष टेवा पुग्नेमा सोही संस्था सम्बद्व सचिव बिल गुरुङ बताउँछन् ।
यस पटकको फोल्होछारका लागि नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै व्यस्त र चर्चित गायिका, गुरुङ चलचित्रकी नायिका तथा मोडल काजल गुरुङ नेपालबाट आउने भएकी छिन् । कलाकार गुरुङको गायन र नृत्यकलाले दर्शकहरुलाई मोहित बनाउने कुरामा आयोजक ढुक्क छ । गुरुङ सँस्कृतिमा आधारित चलचित्र डिठ्ठा (मुखिया)का नायिका साथै थुप्रै म्यूजिक भिडियोमा मोडलिङ गर्न समेत भ्याएकी कलाकार गुरुङले ल्होसारको रौनकता र माहौललाई पूर्ण मनोरञ्जनात्मक बनाउनेमा आयोजकको दावी छ ।
यसै वर्ष गठित तमु धीं दक्षिण कोरिया थेगु शाखाद्वारा पहिलो पटक आयोजना हुन गइरहेको यस कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा तमु (गुरुङ)को मौलिक बाजागाजा सहित छैंडु नाच, लोपोन्मुख घाँटु तथा मारुनी नृत्य र कौरा नृत्य जस्ता बेजोड साँस्कृतिक प्रस्तुति साथै हाँस्य प्रहशनबाट आनन्दित हुने अवसर दर्शकहरुले प्राप्त गर्नेछन् । यस कार्यक्रममा रमाईलो जमघट सँगै स्वादिष्ट नेपाली परिकारको व्यवस्था गरिने र कार्यक्रम दिउँसो १२स्०० बजेदेखि ०७स्०० बजेसम्म हुने कार्यक्रम संयोजक गणेश गुरुङले जानकारी गराएका छन् ।
थेगुमा मनाइने यस तमु ल्होछार कार्यक्रमलाई अति सभ्य र भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नको लागि आन्तरिक रुपमा ब्यापक तयारी भईरहेको छ । पछिल्लो पटक बसेको बृहत बैठकले विविध विषयमा उपसमिति गठन गरि जिम्मेवारी बाँडफाँड गरेको छ । जस अन्तर्गत खाना व्यवस्थापन तर्फ मीरा गुरुङ, ज्योति गुरुङ र पुष्पा गुरुङ (खाना रेखदेखमा गणेश गुरुङ र शंकर गुरुङ) लगायतको समूह, आर्थिक व्यवस्थापन तर्फ संगिता गुरुङ, लक्ष्मी गुरुङ र राम गुरुङको समूह, प्रवेशद्वार स्वागत तर्फ सपना गुरुङ, कविता गुरुङ र काशी गुरुङको समूह, आमन्त्रित कलाकार व्यवस्थापन तर्फ हर्क गुरुङ र बिल गुरुङ, स्थानीय कलाकार व्यवस्थापन तर्फ मनी गुरुङ र मदन गुरुङ, भिडियो तथा फोटोग्राफी तर्फ रितेश गुरुङ र अमित गुरुङ, अतिथि स्वागत सत्कार व्यवस्थापन तर्फ पुर्ण गुरुङ, विनोद गुरुङ र मिन राज गुरुङ, मिडिया तथा सञ्चारको अभिभारा डि.बि. गुरुङ र रितेश गुरुङले लिएका छन् । यसैगरी महिला संयोजक र स्वयंसेवक संयोजकको जिम्मा क्रमशः सपना गुरुङ र हिम गुरुङले पाएका छन् भने पहिलो चरणको औपचारिक कार्यक्रम बिल गुरुङ र दोश्रो चरणको साँस्कृतिक कार्यक्रम संचालनको जिम्मा मदन गुरुङले पाएका छन् । कार्यक्रमको संयोजकत्व गणेश गुरुङले सम्हाल्ने छन् ।
आमन्त्रित अतिथि तथा दर्शकहरुको उत्साहजनक उपस्थितिको अपेक्षासँगै कोरियामा रहेका सम्पूर्ण तमु (गुरुङ) दाजुभाइ तथा दिदीबहिनीहरु, सबै संघ(संस्थाहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई निमन्त्रणा(पत्र पठाउने र प्रचार(प्रसार तीव्र पारिएको छ । यदि सूचना वा पत्र प्राप्त नभए तमु धींको आधिकारिक फेसबुक सूचनालाई आधार मानेर २०१८ डिसेम्बर ३० तारिक आइतबारका दिन उपस्थित जनाई तमु (गुरुङ) फो(ल्होसाररल्होछार कार्यक्रम सभ्य र भव्य सफल पारिदिनु हुन र सो दिनमा अन्य कार्यक्रम नजुधाईदिन तमु धीं दक्षिण कोरिया थेगु शाखाले कोरिया स्थित सम्पूर्ण संघ(संस्था एवं नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अनुरोध समेत गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...