दक्षिण कोरियाकाबाट उदयपुरमा भएको सडक दुर्घटनाका घाइतेहरुलाई सहयोग
उदयपुरको बेलका नगरपालीका रङ्गमल गत कार्तिक महिना ट्याकटर दुर्घट्ना परि घाइते तथा मृत्यु भएका परिवारलाई कोरियामा रहेका संघसस्थाले आर्थिक सहयोग गरेको छ । उदयपुर सेवा समाज र थारु कल्याण कारिणिसभा शाखा दक्षिण कोरियाले आर्थिक सहयोग गरेको हो ।
उदयपुर सेवा समाजले पठाएको ३८ हजार चार सय चालिस रुपैया कमल खड्का र सुरेन्द्र खालिङले दुर्घटनामा घाइते भएका परिवारको उपस्थितिमा बेलका नगरपालिका वडा नंं. २ का वडा अध्यक्ष तथा राहत संकलन समितिका संयोजक मिश्रीलाल चौधरी सहयोग रकम हस्तानरण गरेका थिए ।’ हामीले पठाएको सहयोग नेपालमा साथीहरुले दुर्घटनामा पर्ने परिवारलाई सहयोग दिएका छन् । थोरै भए पनि हामीले सकेको सहयोग गरेका हौ ।’ उदयपुर सेवा समाजका अध्यक्ष मधुकर राईले भने ।
त्यसै गरि थाकस शाखा कोरियाले पठएको ३७ हजार पचासी रुपैया पनि संयोजक चौधरीलाई हस्तानतरण गरिएको छ । सो रकम पत्रकार सुखिलाल चौधरीले हस्तानतरण गरेको थाकस अध्यक्ष शिब चौधरिले बताए । उनले थकस गाउँ कमिटि अध्यक्ष मिश्रीकान्त चौधरी, वडा नं.२ का वडा सदस्य कुमार अधिकारी, नेपाल पत्रकार महासंघ उदयपुरका सहसचिब बिदुर कट्वालको उपस्थितिमा गरेको थियो । गत कातिक २५ गते पिकनिक खाएर फर्किने क्रममा ट्याकट दुर्घटना हुदा एकै गाउको तीन जनाको घट्नास्थल मै मृत्यु २ जना गम्भीर घाइते भएको थियो भने ३६ जना घाइते भएको थियो । देसबिदेशबाट अहिलेसम्म ९ लाख २७ हजार सहयोग प्राप्त भएको वडा अध्यक्ष मिश्रीलाल चौधरीले बताए ।