लिम्बुवान प्रदेश प्रवास सम्पर्क समिति दक्षिण काेरियाकाे जनवरी ६ मा प्रथम अधिवेशन हुने
जातीय मुक्तिका लागि संघियता, वर्गिय मुक्तिका लागि समाजवाद भन्ने नाराका साथ आगामी जनवरी ६ तारिख राजधानी सउलकाे नेपाल हाउसमा लिम्बुवान प्रदेश प्रवास शाखा दक्षिण काेरियाकाे प्रथम अधिवेशन हुने भएको छ ।
नेपाली संघीय समाज दक्षिण कोरियाको केन्द्रिय महाअधिवेशन आगामी फरवरी आयोजना हुने भएकोले यस पार्टी अन्तर्गत रहेका सबै जातीय, क्षेत्रीय संगठनहरुको अधिवेशन सम्पन्न गर्न केन्द्रिय पार्टीको निर्देशन अनुशार लिम्बुवान प्रदेश प्रवास सम्पर्क समिति कोरियाको प्रथम अधिवेशन आयोजन गर्न लागेको संयोजक गजेन्द्र शेर्माले जानकारी दिए। उनले अधिवेशनमा दक्षिणा काेरिया भरी रहेका पार्टीका शुभचिन्तक र सबै नेपालीहरूलाइ उपस्थित हुन अाग्रह गरे । कार्यक्रम दिनको १२ बजे नेपाल हाउसमा हुनेछ । सबैलाइ निम्ताे भाे । उनले भने । प्रथम अधिवेशन सफल बनाउन कोरियामा रहेका सम्पूर्ण लिम्बु दाजु भाइ तथा दिदिबहिनीहरु लाई उपश्थित भई दिनु हुन संयोजक शेर्माले अनुरोध गरेका छन् ।