उत्तर कोरियाबाट पलायन भएका व्यक्तिका गोप्य विवरण सार्वजनिक


उत्तर कोरियाबाट दक्षिण कोरिया पलायन भएका झण्डै एक हजार व्यक्तिका निजी विवरणहरु सार्वजनिक भएका छन् । कोरियाली एकीकरण मन्त्रालयले राज्य–सञ्चालित पुनस्र्थापना केन्द्रको कम्प्युटरमा रहेका निजी विवरणहरु चोरी (ह्याक) भएको जनाएको छ ।

उत्तर कोरियाबाट पलायन भएर दक्षिण कोरियामा बसोबास गरिरहेका ९९७ जनाको नाम, जन्ममित र ठेगाना सार्वजनिक भएको छ ।

मन्त्रालयले भनेको छ, “उत्तरी ग्योनसाङ प्रान्तको हाना केन्द्रमा रहेको एउटा कम्प्युटर ह्याक भएको थाहा पाएपछि प्रान्तीय सरकारसँगको सहयोगमा डिसेम्बर १९ मा अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट उक्त कम्प्युटरमा व्यक्तिका गोपनीय जानकारी रहेको फाइल चोरी भएको थाहा भयो ।”

मन्त्रालयका अनुसार उत्तर कोरियाबाट पलायन भएका व्यक्तिका गोप्य जानकारी यतिठूलो संख्यामा सार्वजनिक भएको यो पहिलो पटक हो ।

व्यक्तिगत विवरण सार्वजनिक भएका व्यक्तिलाई उक्त घटनाका बारेमा जानकारी गराइएको मन्त्रालयले बताएको छ । साइबर आक्रमणमा जिम्मेवार व्यक्तिका बारेमा अनुसन्धान थालिएको छ । मन्त्रालयले छानबिनमा प्रहरीको सहयोग लिइएको बताउँदै आगामी दिनमा हुनसक्ने ह्याकका बारेमा सचेतता अपनाइने बताएको छ ।

सरकारले तथ्याङ्क भण्डारका लागि प्रयोग हुने कम्प्युटरलाई इन्टरनेटको पहुँचबाट टाढा राख्ने तयारी पनि गरेको छ । रासस/योनहाप

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • पूर्वी नेपाल समाजद्वारा सलनालको कार्यक्रम बाँडफाँड, खोटाङ, भोजपुर र ओखलढुंगालाई अनुमति
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...