नेपाली संघिय समाज दक्षिण कोरिया गिम्पो क्षेत्रीय कमिटीको गठन अध्यक्षमा हर्क राज फागो
नेपाली संघीय समाज दक्षिण कोरियाको गिम्पो क्षेत्रीय कमिटि गठन भएको छ । शनिबार भएको भेलाले हर्कराज फागोलाई अध्यक्षमा चयन गरेका छन् ।
जातीय मुक्तिका लागि संघियता, वर्गिय मुक्तिका लागि समाजवाद भन्ने नाराका साथ आयोजित प्रथम अधिवेशन सफल रुपमा सम्पन्न गराएकोमा केन्द्रिय अध्यक्ष महेन्द्र राई लगायत कमिटीका संस्थापक अध्यक्ष नुबेन्द्र थाम्सुहाङ लिम्बूले नव कार्य समितीलाई बधाई र शुभकामना दिएका छन ।
नेफेसो क्षेत्रीय कमिटीको नव निर्वा्चित कार्य समितीमा उपाध्यक्ष बिष्णु श्रेष्ठ, उपाध्यक्ष प्रनेस आङ्देम्बे, कोषाध्यक्ष बासु चौधरी, सचिब सन्तोष राई, सहसचिब बिसन राइ रहेका छन् । सदस्यहरुमा सन्जय लामा, सुरेस आङदेम्बे, सुर्य बोहोरा, अर्जुन भट्टराई, बिसाल केसी, अमृत लिम्बु, हिरन राई रहेका छन् । त्यस्तै सल्लहकारहरुमा सुसिल आङदेम्बे, नुबेन्द्र थाम्सुहाङ, रणेश राई रहेका छन् ।