किराँत राई यायोक्खाको बुसान शाखाको अधिबेशन सम्पन्न अध्यक्षमा दोस्तिहाङ राई निर्वाचित
किराँत राई यायोक्खा बुसान शाखाको दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा दोस्तिहाङ राई निर्बिरोध चुनिएका छन ।
संस्थाको दोस्रो अधिवेशनलाई किरात राई यायोक्खा दक्षिण कोरियाका अध्यक्ष बालकृष्ण बान्तावा, किराया बुसानका संस्थापक अध्यक्ष रबिन राई, एनसिसि बुसान शाखाका अध्यक्ष संगित अधिकारी, एनआरएनए बुसानका अध्यक्ष उमेश मेवाहाङ राई, आदिवासी जनजाति महासंघ बुसानका अध्यक्ष तपस तामाङ लगायत संघसंस्थाका प्रतिनिधिले शुभकामना दिएका दिएका थिए ।
निर्वाचित कार्यसमितिममा बरिष्ठ उपाध्यक्षमा मिना राई, उपाध्यक्षहरुमा पवन दुमि राई र ल्युलन राई रहेका छन् । त्यस्तै महासचिवमा तगेन्द्र राई, सचिवहरुमा हेमन्त खिम्बुले राई र सुजन राई रहेका छन् । कोषाध्यक्षमा पुजन राई, सहकोषाध्यक्ष शिला राई, सदस्यहरुमा म्यक्स राई, अप्सरा राई, पर्शुराम राई र मेनुका राई रहेका छन् ।
किराँत राई यायोक्खा बुसानले आफ्नो स्थापनाकाल देखि नै किराँत कला, भाषा, संस्कार, संस्कृतिको संरक्षण र विकासका लागि काम गरिहरेको छ ।