कोरियामा टोपी दिबस : मेरो अनुभब
अग्रेजी नया बर्षको पहिलो दिन । फेसबुक र ट्विटर लगाएतका विभिन्न सामाजीक सन्जालहरुमा नयाबर्षको शुभकामना एकअर्कामा आदानप्रदान गरिएका पोस्टहरु, फोटोहरु भित्ताहरुमा छ्याप छ्याप्ति देखिन्थे । मलाइ पनि राति देखिनै मेरो मोबाइलको मेसेन्जर र भाइबरमा परीवार, सुभचिन्तक देखि फेसबुकमा कहिलेपनि नबोलेका साथिहरुसम्मले Happy New Year 2019 लेखे । शुभकामनाका पोस्टकार्ड र भिडियो हरु पठाइरहेका थिए । यी नै शुभकामनाहरुको भिडमा मलाइ एकजाना साथीले एउटा पोस्टकार्ड मेसेन्जरमा पठायो । लाग्यो यो पनि नयाबर्षकै शुभकामना होला तर होइन रहेछ । त्यो पोस्टकार्डको पृस्टभुमिमा विशाल सगरमाथा, रातै फुलेका लालीगुराँस, कलात्मक शैलीमा सजाएको नेपाली ढाका टोपीको चित्र । लेखिएको थियो “मेरो टोपी कैलाशको शिर जस्तो,नेपाली भिर जस्तो,नेपाली वीर जस्तो ।“ अलीमुनि नेपाली टोपी दिबस तथा भिजीट नेपाल २०२० प्रबर्द्दन कार्यक्रम । अनि स्थान र समयको जानकारि गराइएको थियो ।
त्यस कार्यक्रममा जाने निर्णय गर्न मलाइ एक सेकेण्ड पनि लागेन । बहिनीले भाइटिकामा लगाइदिएको ढाका टोपी सम्झे, झोलाबाट झिके, लगाए, एैना हेरे सुहाएजस्तो लाग्यो मुसुक्क मुस्कुराएँ र कार्यक्रममा हुने स्थान तिर लागे ।
त्याहाँ पुग्दा धेरै माइनस १३ डिग्रिको चिसोलाई प्रवाह नगरि ढाकाटोपि लगाएर भिजिट नेपाल २०२० को ब्यानर र नेपाली झण्डा बोकेर उभिरहेका थिए । नेपालीपन, नेपाल प्रतिको स्नेह र स्वाभिमान झल्केको परैबाट देखिन्थ्यो । एक त चिसो मौसम, कम्पनीको कार्य बेस्तता बाबजुद पनि त्यसरि सयौले सहभागीता जनाउदाको दृश्य देख्दा मनै प्रफुल्लित बनायो ।
राष्ट्र प्रतीको प्रेम र नेपाली हुनु को गर्व त्यतिखेर छाति झन बढेर आयो ।
करिब एक डेढ घन्टाको सउल स्टेसनको आँगन बसाइपछी हाम्रो र्याली नजिकै रहेको नाम्सान सउल टावर तिर लाग्यो । मादलको ताल राष्टिय तथा लोक गीतको भाकामा हामीलाई टावर सम्म दुई किलोमटरको ठाडो उकालो चढ्न उर्जा मिलिरह्यो ।
बिदेशीभुमिमा रहेर हामीले रेमिट्यानस मात्रमा सिमित नरहेर नेपाललाई चिनाउन पनि केही योगदान गरेको छौ भन्नलाई कति पनि गार्हो लाग्दैन मलाई । नेपाल भ्रमण बर्ष द्दण्द्दण् लाई सफल बनाउन यो कार्यक्रमको आयोजक टिमलाई विशेष धन्यबाद ।