सुधार कहाँबाट?


एक एक पाइलाको चालबाट नै सयौं माइलको यात्रा पुरा हुन्छ। बाटो लामो छ। बाटोमा पहाडहरु छन। बाटोमा नदिहरु पर्छन। बाटो सहज छैन ।तर पनि एक एक पाइला निरन्तर बुद्धिमत्ता पुर्वक चालियो भने यात्रा अवश्य पुरा हुनेछ। जता हेर्यो त्यतै बेथिति बिसंगति सडक हेर्नुस। बाटो हेर्नुस। खाने पानि हेर्नुस। यातायात हेर्नुस। बिध्यालय हेर्नुस, विश्वबिध्यालय , टेलिकम , हवाइ सेवा हेर्नुस। हुलाक सेवा हेर्नुस व्यापार ब्यबसाय हेर्नुस, अस्पताल हेर्नुस, सबै सार्वजनिक सेवा, सबै सेवा प्रदायक संस्थान जे हेर्नुस चुस्त दुरुस्त छैनन। किन त्यस्तो भयो होला? किन तत् तत् ठाँउमा काम गर्ने मानिसहरु ब्यवसायीक हुन सकेनन होला? यस्ता मान्छेहरु मध्यै देखाउनैको लागि भए पनि थोरै मात्र अाफ्नो जिम्मेवारि पुरा गर्दा किन सेलिब्रेटि बन्ने स्थिति बन्यो होला? यसो हुनमा को को दोषी होलान? वा यो कुनै एउटा ठाँउमा मात्र बिग्रेको होला? वा सबै तिर लथालिङ्ग बनेको छ? यस्ता प्रश्नहरु मनमा बेला बेलामा उब्जन्छन। उत्तर खोज्न कठिन छ। उत्तर सजिलो छ दोषारोपण गर्ने हो भने।

सबै नीतिको मूल नीति राजनीति। राजनीतिले समाजलाइ, शासन, प्रशासनलाइ प्रभाव नपार्ने त कुरै भएन। राजनीतिमा वा प्रशासनमा सहभागि हुने मान्छे फेरि यहि बेथिति भोगेको बेहोरेको मान्छे नै जान्छ। फेरि किन उ यसलाइ हटाउने काम गर्न सक्दैन? यसमा समस्या के छ? यो फेरि अर्को खोजको बिषय छ । राजनीतिले देश चलाउछ। देश चलाउन राजनीतिले एउटा प्रणालिको निर्माण गरेको हुन्छ। त्यो प्रणालि सुचारु गर्न यहि समाजबाटै मानिसहरु योग्यतम मध्येबाट छानेर लिइन्छ। जनप्रतिनिधि मुलक संस्थामा जनताले नै बिश्वास गरेको मान्छे जान्छ। जनताकै मान्छे जान्छ। जनता भएर अाफैले सुख दुख बेहोरेको, अाफैले बेथितिको बारेमा बोलेको भाषण गरेको, बेथिति हटाउन बाचा कबोल गरेको मान्छे पुग्छ। तर पनि फेरि हुदैन। किन यस्तो हुन्छ? यसको मतलब हाम्रो राजनीति, हाम्रो प्रशासन यन्त्र, हाम्रो शैक्षिक क्षेत्र वा हाम्रो बौद्धिक क्षेत्रको समस्या मात्र यसको मुख्य समस्या होइन। मुख्य समस्या भनेको हाम्रो चिन्तन प्रणालि (thought system )हो भन्ने निष्कर्षमा पुग्नु अतिसयोक्ति नहोला।

कस्तो छ त हाम्रो चिन्तन प्रणालि? यस बारेमा समाजको ज्ञान राख्ने समाज बिदलाइ नै धेरै हद सम्म थाहा हुन्छ। मेरो यो बिषयमा कुनै अौपचारिक अध्ययन, खोज र त्यसको निष्कर्ष मैले दिन खोजेकी पनि हैन। अाम मानिसले अनुभुत गरेको बिषयलाइ कोरा अनुभवको रुपमा प्रस्तुत गर्न मात्र खोजेकी हुँ। मेरो बिचारमा हाम्रो सामाजिक जीवनमा र पारिवारिक जीवनमा श्रमलाइ हेर्ने दृष्टिकोण परिवर्तन नभए सम्म हाम्रो अहिले रहेको चिन्तन प्रणालिमा सुधार हुन सक्दैन। हामी अाफ्नै ठाँउमा प्रसस्त अाय अार्जन पनि हुने अाफ्नो ठाँउको हित हुने, सुधार हुने काम गर्न तयार हुदैनौ। यसो हुनुमा हाम्रो हुर्काइ, पारिवारिक तथा सामाजिक चिन्तन प्रणालिले नै काम गरेको छ। त्यहि स्तरको काम त्यहि स्तरको अार्जन हुँदा पनि हामी अरुको देशमा गर्न तयार हुन्छौ। यसमा मैले अघि उल्लेख गरे अनुसार ब्यक्ति स्वयंम मात्र जिम्मेवार छैन र हुदैन पनि। जब सम्म अाफ्नो घर परिवारले र समाजले एउटा ब्यक्तिलाइ अाफ्नो छिमेकिलाइ देखाउदै वा समान उमेर समुहको दौतरिहरुसंग तुलना गर्दै उसले बिदेश गएर यति कमायो यस्तो गर्यो उस्तो गर्यो भन्ने स्थिति मौजुदा हुन्छ त्यति बेला सम्म यसमा सुधार हुन सक्दैन। त्यसै गरेर जब सम्म परदेशमा तल्लो दर्जाको काम गरेर कमाइ गरेको रुपैँया र त्यसबाट जोडिएको घर घडेरि समाजमा सान सौकतको बिषय बन्छ तब सम्म हामीले चाहेको जस्तो उन्नत समाज कल्पना गर्न सकिन्न। अाफ्नै ठाँउमा गर्न सक्ने काम गर्न पारिवारिक तथा सामाजिक अाडम्बरले गर्न नसक्ने बिदेश पनि बिभिन्न कारणबाट जान नसक्नेहरु (अधिकांश)सरकारि सेवामा जाने वा राजनीति तिर अाकर्षित हुने हुन्छन। यिनीहरुसंग परिवारले वा समाजले बोकाइदिएको एक प्रकारको कुण्ठा हुन्छ। मैले बिदेश गएर प्रशस्त कमाउन सकिन भन्ने। यसरि कुण्ठाग्रस्त मानसिकता भएको मानिसबाट तोकिएकाे बेतनमा तोकिएको जिम्मेवारि पुरा हुने अपेक्षा निर्थक हुन्छ। त्यस कारण अबको राजनीतिले यो कुरालाइ संबोधन गर्नु पर्दछ।

एउटा बच्चा जन्मनु अघि देखि वा अामाको गर्भमा रहदा देखिनै राज्यले बिभिन्न किसिमको रोग प्रतिरोधको लागि निशुल्क खोप लगाउने देखि जन्मे पछि बिभिन्न प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराएको हुन्छ। त्यसै गरेर उक्त बालबालिकालाइ प्रारम्भिक बाल कक्षामा सरकारि अनुदानमा सेवा उपलब्ध गराएको हुन्छ। प्राथमिक बिध्यालयमा पाठ्य पुस्तक देखि शिक्षण सिकाइ सम्पुर्ण रुपले निशुल्क गराइएको हुन्छ। माध्यमिक देखि उच्च तहको अध्ययनमा पनि पुर्वाधार र जनशक्तिमा सरकारको लगानि प्रसस्त मात्रामा भएको हुन्छ। यो सबै शिक्षामा वा स्वास्थ्यमा सरकारको लगानिको एउटा मात्र उद्देश्य भनेको स्वस्थ र सवल नागरिक तयार गर्नु नै हो। जो देशको भविश्य हो। भोलि देश चलाउने सम्पुर्ण जनशक्तिको प्रतिको हेरचाह हो यो।देशले एउटा नागरिक माथि यति लगानि गर्नु भोलि त्यस नागरिकले देशलाइ अाफ्नो क्षमता अनुसारको योगदान गरेर प्रतिफल दिनु पर्छ भन्नै नै हो।

तर बिडम्बना यत्रो लगानि गरेर हुर्काइएको एउटा बालबालिका जब अाफ्नो पाखुरामा बल र शिक्षाको माध्यमबाट प्राप्त दक्षतालाइ स्वदेशमा उपयोग गर्न चाहान्न र परिवार, समाजले त्यस कुरा प्रति जिम्मेवार बनाउन्न त्यो भन्दा दुर्भाग्य पुर्ण स्थिति के हुन सक्ला? त्यसकारण राज्यको लगानि बालुवामा पानि सरह नै छ। शिक्षामा तिक्ष्ण बौद्धिकता भएकाहरु संसारको बिकसित देशहरु जान चाहाने। त्यति मात्र होइन सकेसम्म उतै स्थापित हुन चाहाने। शारिरक रुपमा सशक्त र पढाइमा निरन्तरता दिन नसकेका वा कमजोरहरु बिकसित देशहरुमा अदक्ष कामदारको रुपमा काममा जाने र उर्जाशिल उमेर उतै सकेर शिथिल शरिरलाइ स्वदेशमा ड्याम्पिङ गर्ने स्थितिको चिन्तन प्रणालिबाट हामी कसरि समृद्ध हुन सकौला? यो एउटा बृहत राष्ट्रिय बहसको बिषय बनाइनु पर्छ। यसमा राजनीतिले काम गर्नु पर्छ। चिन्तन प्रणालिमा परिवर्तन गर्न बिध्यालय शिक्षा तथा उच्च शिक्षाको पाठ्यक्रमहरुमा तदअनुकुल सुधार गर्नु पर्दछ। जसले क्रमस समाजमा सोच्ने तरिकामा परिवर्तन गर्न सकोस। कुनै पनि बिषयको वास्तबिक्ता उजागर भएन भने त्यस भित्रको समस्याको पहिचान हुन सक्दैन। समस्याको पहिचान सहि रुपमा हुन सकेन भने समाधान गर्न सकिने त कुरै भएन। माथि उल्लेख गरिए अनुसार राष्ट्रको सम्पुर्ण अायामहरुलाइ चुस्त दुरुस्त रुपमा सञ्चालन गरेर देशलाइ प्रगतिको मार्गमा लैजाने कामको नेतृत्व राजनीतिले गर्ने हो।

समाजको अरु अवयवहरु ठिक ठिक ढंगले चलाउने नैतिक हैसियत राजनीति कर्मीहरुसंग हुनको लागि सर्वप्रथम राजनीति कर्मी स्वयंम स्वच्छ छवि हुन जरुरि हुन्छ। राजनीति तिरको अाकर्षण अाफ्नो ठाँउको वा अाफ्नो समाजको वा राष्ट्रको समस्यामा परिचित हुदै एउटा निष्ठाले त्यसमा काम गर्ने उत्प्रेरणाका काेणबाट हुनु पर्दछ। अनि मात्र परिवर्तन संभव हुन्छ। पद र प्रतिष्ठा प्रप्तिको लागि, ब्यक्तिगत स्वार्थ सिद्ध गर्नको लागि, अकुत अार्जन गर्न सेटिङको लागि अाजको पुस्ताले राजनीति तिर अाकर्षण बढाउनु भनेको देशको भबिश्यको लागि पक्कै पनि शुभ सुचक हैन। यो बिषय अत्यन्त बृहत बिषय हो। यसमा थोरै बिषयबस्तु उठान गर्ने प्रयत्न मात्र गर्ने जमर्को गरेकी छु। यसलाइ अाअाफ्नो ठाँमा बहसको बिषय बनोस भनेर अपेक्षा गरेकी छु। समग्रमा देशको समृद्धिको लागि राजनीतिमा शुद्धिकरण गर्दै सामाजिक जीवनको हरेक पक्षको चिन्तन प्रणालिमा परिवर्तन गर्नु अबको मुख्य चुनौति हो। यसमा अहिलेको युवा पुस्ताको मुख्य भुमिका हुन्छ। जसले यो कुरा अाम जनमासमा सुसूचित गर्दै नेतृत्व प्रदान गर्न सक्दछ। जसले यो कुरालाइ स्थापित गर्दै सामाजिक चिन्तन प्रणालिमा परिवर्तन गर्न सक्छ इतिहाँसले समृद्ध नेपालको वास्तविक नेता त्यसैलाइ मान्ने छ। यस प्रकारको नेतृत्व हाम्रै समाजबाट जन्मने हो। नेतृत्व जन्माउने काम हामी अाम जनताको हो। अहिलेको युवा पुस्ताले अाफ्नो नेतृत्व छनौट गर्दा यी कुराहरुमा विचार पुर्याउन सक्यौ भने मात्र पनि राष्ट्र प्रतिको ठूलो गुन हुनेछ। भावि पुस्ताले अहिलेको पुस्ता प्रति पनि गर्व गर्नेछ। हामी सबैलाइ यस प्रति विचार गर्ने, चिन्तन गर्ने र यसलाइ पार्टीको संगठन मार्फत अभियानको रुपमा सामाजिक जीवनमा लैजाने प्रेरणा मिलोस।

अालिशा सिं (दक्षिण कोरिया)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...