Advertisement
SKIP THIS

तमु धीं दक्षिण कोरियाले काजल गुरुङ सँगै मनाउने तमु ल्हाेछारकाे तयारी पूरा


तमु धीं दक्षिण कोरियाले यही जनवरी ६ तारिख आइतबार सउलमा मनाउने तमु ल्होसार तयारी पूरा गरेको छ । गुरुङ जातिको संस्कार अनुसार वर्ग चक्र अन्तर्गत खी(ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो(ल्हो (मृग वर्ग) लाई स्वागत गरि स्यों(कैं (दिवा भोज), शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।
दक्षिण कोरियाको राजधानी सउलको सुविधा सम्पन्न हल AW कन्भेन्शन सेन्टर (हारिमगाग) हलमा ल्होछार मनाउने छ ।
‘हामीले सबै तयारी पुरा गरि सकेका छौ । अब आइतबार हाम्रो संस्कार र संस्कृति झल्काउने गरि कार्यक्रम गरिनेछ ।’ तमु धीं दक्षिण कोरिया केन्द्रिय अध्यक्ष जित गुरुङले भने ।
नेपालबाट आमन्त्रित कलाकार काजल गुरुङको विशेष प्रस्तुति रहने गरि कार्यक्रमका लागि हल व्यवस्थापन, साँस्कृतिक समिति, खानपिन व्यवस्थापन समिति तथा विभिन्न उपसमिति गठन सँगै तमु (गुरुङ) समुदायको महान् पर्व फोल्होछारको तयारी पूरा भएको हो ।
गत डिसेम्बर ३० तारिक थेगुमा ल्होछार गरिएको भएको थियो । आइतबार हुने कार्यक्रमका लागि कलाकार कागज गुरुङ जापानको कार्यक्रम सकेर दक्षिण कोरिया आइपुगेकी छिन । काजलसँगै कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा तमु (गुरुङ)को मौलिक बाजागाजा सहित छैंडु नाच, लोपोन्मुख घाँटु तथा मारुनी नृत्य र कौरा नृत्य जस्ता बेजोड साँस्कृतिक प्रस्तुति साथै हाँस्य प्रहशनबाट आनन्दित हुने अवसर दर्शकहरुले प्राप्त गर्नेछन् ।
यस कार्यक्रममा रमाईलो जमघट सँगै स्वादिष्ट नेपाली परिकारको व्यवस्था गरिने र कार्यक्रम दिउँसो १२ बजेदेखि ७ बजेसम्म हुने संस्थाका केन्द्रिय महासचिव लेसन गुरुङले जानकारी गराएका छन् ।
आमन्त्रित अतिथि तथा दर्शकहरुको उत्साहजनक उपस्थितिको अपेक्षासँगै कोरियामा रहेका सम्पूर्ण तमु (गुरुङ) दाजुभाइ तथा दिदीबहिनीहरु, सबै संघसंस्थाहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई निमन्त्रणा पत्र पठाउने र प्रचारप्रसारको कार्य पनि व्यापक रुपमा पूरा गरिएको छ ।
यदि सूचना वा पत्र प्राप्त नभए तमु धींको आधिकारिक फेसबुक सूचनालाई आधार मानेर २०१९ जनवरी ६ तारिक आइतबारका दिन उपस्थित जनाई तमु (गुरुङ) फो ल्होछार कार्यक्रम सभ्य र भव्य सफल पारिदिनु हुन र सो दिनमा अन्य कार्यक्रम नजुधाईदिन तमु धीं दक्षिण कोरियाले सबै संघसंस्थालाई अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • वनभोज सँगै संस्थाको १५ औँ अधिवेशन गर्दै तनहुँ समाज कोरिया
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • रेकर्ड ब्रेक गर्दै यो साता कोरियाको ६ शहरमा ‘अञ्जिला’ प्रदर्शन हुने
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    preload imagepreload image