लिम्बुवान प्रवास सम्पर्क समितिको अधिवेशन सम्पन्न अध्यक्षमा युगल किशोर शेर्मा निर्वाचित
संघिय समाजवादी फोरम नेपालको प्रवास संगठन अन्तरगत नेपाली संघिय समाज कोरियाको जनवर्गिय संगठन लिम्बुवान प्रदेश प्रवास सम्पर्क समिती दक्षिण कोरियाको प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको अधिबेशनबाट युगल किशोर शेर्मा अध्यक्षमा चुनिएका छन् ।
अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा बिक्रम नेम्वाङ, उपाध्यक्ष नवराज तामाङ, सचीव नुबेन्द्र थाम्सुहाङ्ग निर्वाचित भएका छन् । त्यस्तै सह सचिब सुरेस आङ्देम्बे, कोषाध्यक्ष सुबास आङ्देम्बे सहकोषाध्यक्ष कमल खुदाङ रहेका छन् । सदस्यहरुमा सपना सेलिङ, हर्कराज फागो, हाङराज नेम्वाङ, पुरन चोङबाङ्ग पुस्पा राई र मोहन जबेगु छन् ।
समितिको सल्लाहकारहरुमा गजेन्द्र शेर्मा, नोगेन नेम्बाङ्ग, राज चेम्जोङ र पबित्र थेबे छन् ।