तमु धीं दक्षिण कोरियाले काजल गुरुङको साथमा तमु ल्होछार भव्यताका साथ मनायो


जनवरी महिनाको पहिलो आइतबार ल्होछार मनाउँदै आएको तमु धीं दक्षिण कोरियाको परम्परा अनुसार यो वर्ष पनि २०१९ जनवरी ०६ तारिक आइतबारका दिन सउलकाे “AW कन्भेन्शन सेन्टर (हारिमगाग) हल” [AW (컨벤션 센타 하림각)] मा भएको तमु फोल्होछार कार्यक्रम सकिएकाे छ । तमु (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने पवित्र र महत्वपूर्ण उद्वेश्य सहित तमु धीं दक्षिण कोरियाले विगतमा जस्तै यो खी-ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो-ल्हो (मृग वर्ग) लाई स्वागत गरि स्यों-कैं (दिवा भोज), शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरि कार्यक्रम सम्पन्न गरेको हो ।

तमु धीं दक्षिण कोरियाका केन्द्रिय अध्यक्ष जीत गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष एक बहादुर गुरुङले स्वागत मन्तब्य दिएका थिए । प्रमुख अतिथिमा नेपाल जनजाति महासंघ दक्षिण कोरियाकी कार्यवाहक अध्यक्ष मल्लिका थकाली, विशेष अतिथिहरुमा गैर आवासीय नेपाली संघ (NRNA) एसिया प्यासिफिक उप-संयोजक विनोद कुँवर, नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाकी अध्यक्ष अञ्जु के.सी., गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङ, गैर आवासीय नेपाली संघ (NRNA) एसिया प्यासिफिक महिला उप-संयोजक जुनु गुरुङ साथै अतिथिहरुमा क्रमशः तमु धीं दक्षिण कोरियाका संरक्षक भिम गुरुङ (पर्वत), सोही संस्थाका वरिष्ठ सल्लाहकार गुप्त गुरुङ, गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाका उपाध्यक्ष बिपिन गुरुङ, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष रञ्जन राज कुँवर, फोनिज कोरिया शाखाका अध्यक्ष गोकुल थोकर लगायत विभिन्न जातीय, क्षेत्रीय, राजनैतिक, धार्मिक संघ-संस्थाको अध्यक्ष तथा प्रतिनिधि साथै संस्था सम्बद्व अग्रज तथा सक्रिय व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल जनजाति महासंघ दक्षिण कोरियाकी कार्यवाहक अध्यक्ष मल्लिका थकालीले गुरुङ (तमु) गुरुङ जातिको यस महान् पर्वको कार्यक्रमलाई सफलताको शुभकामना सहित आफ्नो जातीय मौलिक संस्कृति जगेर्ना गर्नलाई महत्वपूर्ण टेवा पुगेको भन्दै जनजाति भित्र हेपिएका, चेपिएका र दबिएका समुदायका निम्ति शसक्त रुपमा आवाज बुलन्द पार्नुपर्ने आवश्यकता औंल्याउँदै समग्र जनजातीको हित र उत्थानका लागी आफू र आफू सम्बद्व संस्था कटिबद्व भएर लागिपर्ने बताए । मन्तब्यको क्रममा विशेष अतिथि गैर आवासीय नेपाली संघ (NRNA) एसिया प्यासिफिक उप-संयोजक विनोद कुँवरले यस कार्यक्रम गुरुङ (तमु) जाती विशेष मात्र नभई समग्र नेपाल र नेपालीको अस्तित्व र परिचयको चिनारीको रुपमा परिभाषित गर्दै जनजातिहरुको सुन्दर बगैंचाभित्रका तमु (गुरुङ) जातीलाई एउटा सुन्दर मगमगाउने फूलको संज्ञा दिदै यो फूलहरुको भीडमा आफुलाई पाउँदा गौरवान्वित महसुस गर्दै खुशी व्यक्त गरेका थिए । अन्य मञ्चमा आसीन विशेष अतिथिहरु नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाकी अध्यक्ष अञ्जु केसी, गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङ, गैर आवासीय नेपाली संघ (NRNA) एसिया प्यासिफिक महिला उप-संयोजक जुनु गुरुङ, अतिथिहरुमा क्रमशः तमु धीं दक्षिण कोरियाका संरक्षक भिम गुरुङ (पर्वत), सोही संस्थाका वरिष्ठ सल्लाहकार गुप्त गुरुङ, गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाका उपाध्यक्ष बिपिन गुरुङ, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष रञ्जन राज कुँवर लगायतले कोरियाका दुःख, भोगाई र समसामयिक समस्या र विषयवस्तु माथि आफ्नो भनाई प्रकाश पार्दै तमु फो-ल्होसार/ल्होछार कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

पहिलो खण्ड अन्तर्गतको औपचारिक कार्यक्रम संस्थाका केन्द्रिय सल्लाहकार एवं भूतपूर्व महासचिव प्रितम गुरुङको विशेष सहजीकरण सँगै केन्द्रिय महासचिव लेसन गुरुङले सञ्चालन गरेका थिए भने साँस्कृतिक संयोजक सबिन गुरुङ, सह-संयोजक पुरन गुरुङको सहजीकरणमा दोश्रो खण्ड अन्तर्गतको साँस्कृतिक कार्यक्रम स्थानीय कलाकार प्रितम गुरुङ, पुरन गुरुङ, लिलु गुरुङ र साथीहरुको सामुहिक आवाज सँगै गुरुङ राष्ट्रिय गीतद्वारा साँस्कृतिक कार्यक्रम शुभारम्भ भएको थियो । कार्यक्रम सञ्चालक गुप्त गुरुङको कलात्मक उद्घोषणसँगै नेपालबाट आमन्त्रित नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै व्यस्त र चर्चित गायिका, गुरुङ चलचित्रकी नायिका तथा कुशल नृत्यांगना काजल गुरुङ पहिलो प्रस्तुति गुरुङ “आयादो ठागु, आयादो आँच्यो” बोलको गीत गायनको शुरुवातदेखि अन्तिम प्रस्तुति लोक तथा दोहोरी गीत “उहि खोलीमा पानी” सम्म आईपुग्दा उपस्थित सबैले असिना पसिना हुने गरि कम्मर नमर्काइ धरै पाएनन् । प्रस्तुतिको क्रममा कलाकार गुरुङको आकर्षक नृत्य र अन्य प्रस्तुतिलाई दर्शकले मुक्तकण्ठले प्रशंसा गरे । तमु धीं दक्षिण कोरिया थेगु शाखाका सचिव बिल गुरुङको परिकल्पनामा तमु (गुरुङ) जातिको पुरानो प्रथालाई निरन्तरता दिने अवधारणा अनुरुप च्याँगी (कोसेली पैंचो) कार्यक्रम सोही अवसरमा सम्पन्न गरिएको थियो ।

थेगु शाखाका माइती पुरुषहरुले केन्द्रका चेलीबेटीहरुलाई विभिन्न कोसेली दिएर सम्बन्ध मझबुत बनाउने गुरुङ जातीको प्रचलन रहेको छ । राजधानी सउलदेखि करीव ३०० किलोमीटर दूरीमा अवस्थित दक्षिणी भेगमा गठित संस्थाको दुई शाखाहरु थेगु शाखा र ख्यसाङ्नाम्दो शाखाबाट कोसेली स्वरुप आकर्षक कौडा नृत्य र अन्य साँस्कृतिक प्रस्तुतिले दर्शक द्वारा चर्को ताली पाएको थियो । यसका साथै स्थानिय कलाकारहरु द्वारा गुरुङ (तमु) समुदायको मौलिक बाजागाजा सहितको छैंडु नृत्य, घांटु नृत्य, कौंडा/सालैजो नृत्य समेत रहेको थियो । अति व्यस्त समयका कारण कार्यक्रमलाई छोटो र स्फूर्तिलो बनाउने उद्वेश्य अनुरुप साँस्कृतिक कार्यक्रमका विच बहुप्रतिभाशाली कलाकार काजल गुरुङलाई संस्थागत र सामुहिक रुपमा स्याङ्जा परिवार, तनहुँ सम्पर्क समिति र अन्तिममा आयोजक तमु धींबाट सम्मान-पत्र सहित दोसल्लाले सम्मान गरिएको थियो । साथै केहि महिना अघि कोरियामा कार्यरत विरामी सम गुरुङको उपचारका लागि तमु धींको विशेष पहलमा संकलित रकम करीव ४०,००,००० /- वोन (अक्षरुपि चालीस लाख वोन) विरामी निकट व्यक्तिलाई हस्तान्तरण गरिएको छ । सो कार्यक्रममा करिब चार सय जनाको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमलाई रोचक र ऐतिहासिक रुपमा सु-सम्पन्न गर्नका सहयोग गर्नुहुने विभिन्न संस्थाका अध्यक्ष एवं प्रतिनिधि, कलाकारहरु, भान्छा-खानपान तथा आर्थिक व्यवस्थापन, कलाकार व्यवस्थापन, साँस्कृतिक विभाग र मिडिया तथा सञ्चार विभाग, ल्होछार कार्यक्रमका विभिन्न उपसमितिहरु, तमु धीं दक्षिण कोरिया, केन्द्र (थेगु शाखा/ख्यङ्साङ्नाम्दो शाखा)का अध्यक्ष एवं कार्यसमिति, सल्लाहकारहरु, विभागीय संयोजक लगायतका समूहहरु, सम्पूर्ण गुरुङ(तमु) तथा गैर गुरुङ (तमु) दाजुभाई-दिदीबहिनीहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई तमु धीं दक्षिण कोरियाले हार्दिकताका साथ आभार तथा धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...