सलनाल थेगु धमाका फेब्रुअरी ३ मा हुने
कोरियाली नयाँ बर्ष सलनालको बिदामा सलनाल थेगु धमाका तथा डान्स पार्टी हुने भएको छ । वेगान नेपाली साथी समूह दक्षिण कोरियाको आयोजनामा सलनालको अबसर पारेर २०१९ फेब्रुअरी ३ तारिख सलनाल थेगु धमाका तथा डान्स पार्टि हुने भएको हो । वेगान सेल्टर ब्यबस्थापन सहयोगार्थ कार्यक्रममा गर्न लागेको हो । धमाकामा केन्जल मेयर श्रेष्ठ, निर्णय एनएसके, दावा लामा, मित्र मगर, रुबिन रेग्मी, असिप र नरेशको बेजोड प्रस्तुति हुने छन् । धमाका तथा डान्स पार्टीमा दिनको १२ बजेदेखि बेलुकी ९ बजेसम्म रमाइलो गर्न सक्ने आयोजकले जनाएको छ ।
सेल्टर ब्यवस्थापनमा सहयाेग गर्नका लागी कार्यक्रम गर्न लागिएकाेले थेगु वरपर रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाइ अायाेजकले हार्दिक अनुराेध गरेकाेछ।