Advertisement
SKIP THIS

काेरियन रक्सी साेजुसंग मनका कुरा


कम्पनीमा खासै काम छैन। शनिबार र आइतवार  बिदा हुन्छ। शुक्रबारको दिन कम्पनिमा काम अलि चाडै सकिन्छ । दुइ दिन बिदा हुने हाम्रो कम्पनि स्कुल पढ्दाको शुक्रबार हाफ छुट्टी भइ  कुदेर घरमा पुगी  आमाले बनाइ राखेको अर्नी खाजा खान पुग्दा जस्तो गरी होस्टल पुग्ने गर्दछु । नुहाएर कोठा भित्र पस्ने बित्तिकै मेराे मन र आँखा फ्रिज तिर गयो । फ्रिजको ढोका उघारेर जुस खान के आटेको थिए। जुस संगै रहेको हरियो बोतल सोजु काेरियन रक्सी तिर नजर पुगेर रोकियो। एक चुस्की खाइदिउ जस्तो लागेर आयो । कामको थकानले शरीर पनि दुखी रहेको छ ~आ होइन बल्ल ६ बजेको छ अहिले नै पिउनु र होस ।कोठामा संगै बस्ने दाइले काम सके पछि संगै खाउला भन्नु भएकाे छ। के गर्ने के गर्ने   अलमल परे । अलमलको बिचमा कोरिया प्रबेश गरे देखी सबै तिर सजिलै पाइने सोजु यो जस्तो चर्चित अरु छ जस्तो लागेन ।खास यसको पिडा कस्तो होला यसको पनि मनका भावना कस्ता होलान यस्तै यस्तै अनेक जिज्ञासा मनका पलाएर आयो ।

यसको जन्म उत्पत्ति कहिले कहाँ बाट भयो होला ?कस्ले आबिस्कार गरेको होला ? सोध्न मन लाग्यो र सोधे ।उसैले आँफैलाई थाहा नभएको बतायो । मैले भने तिम्रो नाम यहाँ सोजु (सुल ) छ हाम्रो देशमा तिमीलाई रक्सी भन्छन । तिमी यहाँ एक थरी एउटै मुल्यका रहेछौ। हाम्रो तिर त अनेक थरी अनेक मुल्यका हुन्छन । यहाँ धनी गरीब कामदार देखी राष्ट्रिपती सम्म भट्टी देखी तारे होटल सम्म जताततै तिमी सोजु मात्र ।हाम्रो तिर त लोकल रक्सी तोम्बा देखी लेबल सम्म स्तर अनुसार फरक फरकले स्वागत गरिन्छ । खुबै रुची पुर्वक अचम्म मानेर मेरो कुरा एकोहोरो सुनीमात्र रहेको थियो ।

मेरो मनमा यो पनि केही बोलोस दोहोरो कुराकानी होस भनेर सोचिरहेको थिए ।बिस्तारै बोल्न शुरु गर्‍यो । यसरी शुरु गर्याे उसको मनमा भएकाे  उकुसमुकुस लाइ बताउन। यहाँ आएका सब नेपाली देखेर तीन छक परेकाे रहेछ । अचम्म मान्दै तिमीहरु त खाने जात र नखाने जात हुदो रहेछ नि। कोही जातले पाएको खाने हो भन्दै पिउछन कोही उता लुकी लुकी खाने गरीन्थ्यो यता कसले देख्छर? मजाले पिउने भन्दै पिउछन । उता महँगो यता कमाइको तुलनामा साह्रै सस्तो भन्दै गरेको पनि सुनेको छु ।

मलाई साह्रै खुल्दुली लागेको तिमीमा के छ त्यस्तो ?मानिसलाई तुरुन्तै परिवर्तन गरिदिन्छौ? नबोल्ने लाई बोल्ने, मिलेर संगै खान बसेका लाई झगडा पार्छौ ।मान्छे लाई बिरामी पारेर थला सम्म परेका छौ । इमान्दारिताका साथ उसले भन्यो ।हामी बिस्तारै शरीर भित्र आमासय र आन्द्रा बाट पसेर रक्तसन्चारमा पुग्छौ । ब्रेनमा आक्रमण गर्छौ । उत्तेजना पैदा गरिदिन्छौ र मानिसमा अचम्मका परिवर्तित व्यबहार देखा पर्दछन । मान्छेलाई लतमा फसाउने कलेजो खाने काम पनि तिमीले गर्छौ रे त हो ? हामी नरम छौ ।हामीलाई खानेलाई हामी भित्र पुगेर नरम चिज कलेजो खान मन पर्छ ।
अनि तिमी पनि पक्षपाती रैछ नि? कोही भर्खर यहाँ खान सुरु गरेको लाई थला पार्छौ। पच्चिस तिस बर्ष देखी यहाँ आएर खाइ रहेका लाई केही गरेको देख्दिन त दाइहरु खाइरहनु हुन्छ ।उसले अली आफुलाई अली कम्जोर नदेखाउदै कुटनितिक जवाफ दियो। त्यस्तो होइन हामी अबस्य जित्ने छौ उनीहरुको पनि हार्ने दिन आउछ ढिलो चाडोको कुरा मात्र हो । अनि अर्को कुरा यहाँ नेपालीहरु राती सुतेको अवस्थामा मै मृत्‍युको घटना बढी रहेको छ यसमा पनि तिम्रो हात छ कि क्या हो ? सबैमा त भन्दिन तर हाम्रो पनि त्यस्ता घटनामा थोरै हात छ जस्तो लाग्छ । कसरी ? प्रति प्रश्न तेर्स्याए। उसको जवाफ थियो ।दिनभर कडा परिश्रम गर्छन तात्ने गरी अनि आएर हामीलाई एक सुरले तन्काउछन। एक ठाउँ बाट अर्को ठाउमा बसाइ सरेको मौसम बाताबरण परिवर्तन भएको कोठा भित्रको भेन्टिलेसन हामीलाई पिय पछी ख्याल नगर्नेहरु उक्त घटना भित्र परेका हुन सक्छन ।

उसले लगातार बोलि रहेको थियो म सुनिरहेको थिए
एक्कासी ~~ओ पुन भाई ~आवाज ले झसङ् भए दाई अाइपुग्नु भएछ । हातको छोङी कप कच्याककुचुक पारेर दस्टविनमा फाले अनि सोजुलाई फ्रिज भित्र राखीदिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...