दक्षिण कोरियाबाट नेपाली भाषामा नियमित ‘ब्लगिङ’ सुरु
दक्षिण कोरियामा रहेका पत्रकारद्धय सिमा लामा र गोकुल थोकरले नियमित रुपमा ब्लगीङ सुरु गरेका छन् । कुल गफगाफ नाम रहेको ब्लगमा दक्षिण कोरिया रमाइलो ठाउँ, कोरियन कला संस्कृति र दक्षिण कोरियामा हरेका नेपालीको जीवनशैली देख्न सकिनेछ ।
दुबै जना नेपालमा टेलीभिजन पत्रकारितामा लामो समय काम गरेका पत्रकार हुन् । ‘हामीले जानेको काम फुर्सत हुँदा प्रयोग गरेर ब्लग बनाउने प्रसास गरेका छौ । विश्व भरि रहनु भएका नेपालीका लागि दक्षिण कोरियाको रमाइलो ठाउँ र नेपालीको जीवनशैली देखाउने छौ ।’ उनीहरुले गर्ने ब्लग कुल गफगाफ नामको युट्युव च्यानलबाट प्रशारण हुने गर्छ ।
यो हप्ता खाली समयमा दक्षिण कोरियाकै ठूलो चलचित्र हलको ब्यवस्थापन गर्ने सिजीभि हलमा गएर चलचित्र हेर्दाको अनुभब देखाइएको छ । विदेशको ब्यस्त समयबाट फुर्सत निकालेर गर्ने रमाइलो ब्लगमा हेर्न सकिने सिमा लामाले बताइन । ‘धेरै ठूला ठूला कुरा त होइन । दक्षिण कोरियामा बस्ने नेपालीको जीवन शैली देखाउँछौ । कोरियन कला संस्कृति पनि देखाउँछौ ।’ उनले भनिन् ।
भिडियाे हेर्नका लागी