श्रम गर्दा बिदेशि भुमिमा हेपिएको मान्छे हु म
गजल/
श्रम गर्दा बिदेशि भुमिमा हेपिएको मान्छे हु म
आफ्नै देश परिवारबाट बेचिएको मान्छे हु म
सरकार न आफन्त गरि खावोस भन्दैन देशमा
बाध्यताको लौरी देखाइ लखेटिएको मान्छे हु म
देशलाई रिमिट्यान्स इच्छा पुरा घरको सबैको
गर्दा पनि कुनै इतिहास नलेखिएको मान्छे हु म
आफु डुब्दै आशुको भेलमा अरुलाई तार्न पारि
रात दिन नभनि प्रदेशमा खटिएको मान्छे हु म
देश परिवार सबै परजिबि भए पछि बर्षौ देखि
सबैको भोको पेट भर्न बिदेशिएको मान्छे हु म
सुन्दर हरैचा मोरङ
हाल, दक्षिण कोरिया