कुल गफगाफमा यो हप्ता किर्तीपुर झै देखिने दोङदेमुनको डाँडो
दक्षिण कोरियामा रहेका पत्रकारद्धय सिमा लामा र गोकुल थोकरले यो हप्ता नेपालको किर्तीपुर जस्तै देखिने दोङदेमुनको वरीपरि घुमेका छन् । सिटि हाईकिङका रुपमा उनीहरुले सउल सिटि वाल घुमेका छन् । कुल गफगाफ नाम रहेको ब्लगमा दक्षिण कोरिया रमाइलो ठाउँ, कोरियन कला संस्कृति र दक्षिण कोरियामा हरेका नेपालीको जीवनशैली देखाउँदै आएका छन् ।
काेरियनहरूले पुरानो बस्तीमा नयाँ ब्यबसाय गर्ने तरिका सफलता पुर्बक प्रयोग गरेका छन् । कुनै बेला सस्तो भाडा र गरिव बस्तीका रुपमा चिनिने दोङदेमुनको डाँडो आजकाल पर्यटकका लागि एउटा गन्तब्य बनेको छ । ‘कुनै बेला हेपिएको ठाउँलाई अहिले कोरियनहरुले बजारिकरण गरेका छन् ।’ त्यही प्रयास हामीले देखाएका छौ । गोकुल थोकरले भने । ‘हामी मनोरञ्जनात्मक बनाउँदै सुचना दिने प्रयास गर्दैछौ ।’ उनले थपे ।
ब्लगमा दक्षिण कोरियाको नयाँ नयाँ बिषय समेट्दै जाने सिमा लामाले बताइन । ‘हामी नयाँ नयाँ बिषयमा काम गर्ने प्रयास गर्दैछौ । सबै साथीभाइको हौसला चाहिएको छ ।’ उनले थपिन् । के कस्तो बिषय हेर्न मन छ । युट्युव च्यानलमा गएर कमेन्ट गरेर भन्न सकिने उनले जानकारी दिइन ।
भिडियो हेर्नका लागि