फोनिज कोरियाको कार्यसमिति बिस्तार
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज कोरियाको आइतबार सउलमा बसेको नियमित बैठकले कार्यसमिति बिस्तार गरेको छ । सउलमा बसेको फोनिजको दोस्रो नियमित बैठकले सो निर्णय गरेको हो ।
कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा बाला राई, उपाध्यक्षहरुमा लेसन गुरुङ र शेर साङ्वो शेर्पा रहेका छन् । त्यस्तै सचिवमा सिमा लामा सहसचिवमा बिधानन्द चौधरी छन् । कोषाध्यक्षमा अमिर योञ्जन र सदस्यहरुमा बिमल सिं लामा, उत्तम खाजुम र सन्तलाल घिसिंङ रहेका छन् ।
‘फोनिज कोरियाको कार्यसमितिलाई चुस्त दुरुस्त बनाउनका लागि थप जिम्मेवारी सहित टोली बनाएका छौ । भुभाग र जातीय संघ संस्थाको प्रतिनिधित्व हुने गरि जिम्मेवारी बाँडफाँड गरेका हौ ।’ फोनिज कोरियाका अध्यक्ष गोकुल थोकरले भने । ‘दक्षिण कोरियामा रहेका सबै साथीहरुलाई समेट्ने प्रयास सधै रहन्छ ।’ उनले थपे ।
फोनिज कोरियाले बिगत लामो समय देखि दक्षिण कोरियाको पत्रकारितामा आफ्नो योगदान दिदै आएको छ । साथै फोनिजले दक्षिण कोरियामा रहेका बिभिन्न संघसंस्थासँग सहकार्य गर्दै पत्रकारिता, फोटोग्राफी र भिडियोग्राफीको तालिम पनि संचालन गर्दै आइरहेको छ ।