ओखलढुगां समाज कोरियाको तेस्रो आधिवेशन फेब्रवरी ३ मा हुने
सोल,
ओखलढुगां सेवा समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन तथा पाँचौ वार्षिक साधरणसभा आगामी फेब्रवरी ३ तारिख गरिने भएको छ । कोरियनहरुको एक ठूलो पर्व सलनालको विदाको पहिलो दिन थेजन शहर स्थित सगरमाथा रेष्टुरेन्टमा कार्यक्रम गरिने भएको हो ।
कार्यक्रममा वार्षिक आय – व्यव विवरण प्रस्तुत गरी पारीत गरिने छ । समाजको वार्षिक गतिविधिलाई पनि प्रस्तुत गरिने छ । साथै विधान बमोजिम नयाँ कार्यसमितिको चयन गरिने समाजका अध्यक्ष मानसिंह गुरुइ०ले बताए । त्यसैले कोरियामा रहेका जिल्लावासी सम्पूर्णलाई कार्यक्रममा उपस्थित भइदिनुहुन समाजले आग्रह गरेको छ ।
समाजले कोरियामा रहेका विभिन्न संघ संस्थासंग समुन्वयत्मक भूमिका निर्वाह गर्दै विपतमा परेका जिल्लावासीहरुलाई सहयोग गर्दै आएको छ । साथै नेपालमा रहेका जिल्लावासीहरुलाई आर्थिक र सामाजिक सहयोग गर्दै आएका छन् । समाज कोरियामा रहेका ओखलढुंगा जिल्लाबासीहरुको सामाजिक साझा संस्था हो ।
कार्यक्रम हुने मिति र स्थान निम्न अनुसार रहेको छ ।
मिती : २०१९ फेब्रवरी ३ , आइतबार
समय : दिनको ११ बजे
स्थान : सगरमाथा रेष्टुरेन्ट, थेजन ।
(थेजन यकबाट पैदल सय मिटर जति )