सलनालमा हुने सांस्कृतिक कार्यक्रमलाइ एन सि सि द्वारा सफलताकाे शुभकामना
नेपाली सम्पर्क समिति काेरियाले हरेक सलनाल र छुसकमा सांस्कृतिक कार्यक्रम बाडफाड गर्ने गर्दछ। यहि २०१९ काे सलनालमा पनि ३ वटा संस्थालाइ सांस्कृतिक कार्यक्रम बाडफाड गरेकाेछ। जस मध्ये १. फेब्रुअरी ३ नेवा :पुच ( भिन्तुना साङ्गितिक सौगात भाग २), २.फेब्रुअरी ४ उदयपुर सेवा समाज (उदयपुर म्युजिकल कन्सर्ट ) ३. फेब्रुअरी ५ नुवाकोट सेवा समाज (नुवाकोट साङ्गितिक सौगात ) ले कार्यक्रम आयाेजना गर्दै छन्। यी ३ वटा संस्था द्वारा आयोजित कार्यक्रमलाइ एन सि सि काेरियाले अग्रिम सफलताकाे शुभकामना ब्यक्त गरेकाेछ। साथै यी कार्यक्रमहरूलाइ भव्य र सव्य रूपमा सफल पारि दिनु हुन कोरियावासी सम्पूर्ण बुद्दिजीवी ,समाजसेवी ,ब्याबसायी ,पत्रकार ,बिधार्थी तथा श्रमिक वर्गहरुमा एन सि सि अध्यक्ष अन्जु केसिले हार्दिक अपिल गरेका छन्।