Advertisement
SKIP THIS

उदयपुर सेवा समाज दक्षिण कोरिया : एक चिनारी


उदयपुर सेवा समाज दक्षिण कोरिया छोटो समयमा कोरियामा स्थापित क्षेत्रिय सामाजिक संस्थाको नाम हो । स्थापनाको दुई बर्ष भित्र यहाँ रहेका विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै आफुलाई परिचित र लोकप्रिय बनाउन सफल यो संस्था सन २०१६ को सुरुवाततामा जम्मा ६ जनाको भाईबर ग्रुपबाट जन्मेको थियो ।

“कोरियामा उदयपुरे साथिहरु“ नाम राखिएको भाईबरमा एकपछि अर्को उदयपुरेहरुलाई निरन्तर जोड्ने जोडाउने कामसंगै आकारमा संख्यात्मक बद्धि हुदै गयो । त्यसबेला उदयपुरे भएता पनि भौगोलिक दुरिको कारण एकले अर्कालाई नचिन्ने अबस्था थियो । त्यसो त कोरियाको ब्यस्त जीवनशैली, कामको बोझ, आफन्त परिवारसंग छुटिदाको ब्यथालाई कम गर्न भए पनि समाज र साथीको आबस्यकता परेको थियो ।
आपसमा सल्लाह गरि सप्ताहन्तमा भेटेर रमाईलो गर्ने, संगै खाना खाने, एकअर्काका सुखदुख साटासाट गर्ने र कोरियामै रहेको उदयपुरेहरु र नेपालीलाई भैपरि आउने समस्यामा साथ दिने उद्देश्यमा मात्र सिमित थियो ।
समाजका सल्लाहकार महेन्द्र राईले बनाएको यो भाइबर ग्रुप केही समय पछि आफ्नो गद्देश्यलाई फराकिलो बनाउदै बिदेशबाटै उदयपुर र समग्र नेपालकै लागि केही गर्न सकिन्छ कि भन्ने अभिप्रायले उर्जावान तथा बौदिक साथिहरुको सरसल्लाह अनुसार सन २०१७ जनवरि २९ तारिखका दिन मधुकर राईको अध्यक्षतामा २५ सदस्सीय कार्यसमिति बनाएर “उदयपुर सेवा समाज“ गठन गर्यो ।
कोरियामा विभिन्न पेसा ब्याबसाय गर्दै आईरहेका उदयपुरेहरुलाई एककृत गर्दै, समेट्दै उदयपुरको नक्सा झल्किने लोगो र निश्चित बिधान बनाई अहिलेपनी सामाजिक सेवामा निरन्तर अगाडि बढिरहेको छ ।
समाजले रमपम उदयपुर गोल्ड कप देखि उदयपुरका लीमचुङबुङ गाउपालीकाको फोक्सो क्यान्सर पिडित ससीकलाराई, अग्नी पिडित श्रीलक्षी राई, रौतामाई गाउपालीकाका अग्निपिडित लमानसींह मगर, बेलका नगरपालीका ट्याक्टर दुरघट्ना (गत कार्तिक २५ गते बेलका नपामा एकै गाउका ३ जनाको मृत्यु ३६ घाईते हुनेगरि भएको दुर्घट्ना) पिडित लाई आर्थिक सहयोग गरेको, समाजका सामाजिक कामका ज्वलन्त उदाहरण हरु हुन ।
त्यसैगरि पत्रकार रबि लामिछानेको नेतृत्वमा बन्न लागेको कर्णालीको रास्कोटको समुदायीक अस्पताल होस या तराईमा न्यानो बाडौ जस्ता अभियान हरुमा होस समाजका पदाधिकारीहरुले सहभागिता जनाएका छन । गत साल मात्रै नेपाल सम्पर्क समीतिले (एनसीसी) ले एतिहासिक नेपालबाट बुद्धको प्रतिमा ल्याई स्थपनाको नेतृत्व गरिरहँदा उदयपुर सेवा समाजले सो को सहयोगार्थ डान्सपार्टी नै आयोजना गरेको थियो ।
“साईलासाईली “ नाम दिईएको डान्स पार्टिबाट संकलित रकम एनसीसीलाई बुझाएको थियो । यस्तै समाजिक कार्यहरु गरेर शुभचिन्तकहरु बाट पाएका समर्थन र स्याबासिबाट हौसिएर समाजले कोरियाको नयाँ बर्ष सलनालको अबसर पारेर फेब्रवरी ४ तारीक कोरियाको राजधानि सउलमा बृहत साँस्कृतिक कार्यक्रम उदयपुर म्युजिकल कनसर्ट २०१९ आयोजना गर्ने भएको छ ।
तपाई हाम्रो साझा अभियान, स्वास्थ सेवालाई पहीलो स्थान नारा राखिएको सो कन्सर्टबाट संकलित रकम दुरगम पहाडी क्षेत्रका गरिब, बालबालीका र बृद्धबृद्धाको स्वास्थय क्षेत्रमा लगानी गर्ने रहेको छ । नेपालको राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने उक्त कन्सर्टबाट मनोरञ्जन संगै समाजसेवा पनि हुने छ । जुन उद्देश्यबाट अभि प्रेरित भई कन्सर्ट आयोजना गर्न लागीएको हो । लक्षितबर्ग निकट भबिस्यमै लाभान्वित हुन सकोस । कार्यक्रम सफलताको शुभकामना !!
(लेखक उदयपुर सेवा समाजका उपाध्यक्ष तथा “उदयपुर म्युजिकल कन्सर्टका २०१९“ प्रचारप्रसार संयोजक हुन ।)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...