तामाङ समुदायको मृत्यू संस्कारमा बनेको डकुमेन्ट्री ‘घेवा’ युट्युवमा
पत्रकार तथा डकुमेन्ट्री फिल्ममेकर गोकुल थोकरले तामाङ समुदायको मृत्यू संस्कार माथी बनाएको डकुमेन्ट्री घेवा कुल गफगाफ युट्युब च्यानलबाट सार्बजानिक गरेका छन् । झन्डै दश बर्ष अघि बनाएका डकुमेन्ट्री उनले युट्युवमा राखेका हुन् ।
‘मैले डकुमेन्ट्री बनाउन सुरु गर्दा समयको काम हो । तामाङ समुदायको एउटा संस्कारलाई देखाउने प्रयास गरेका छौ । यसमा कतिपय ठाउँमा कमजोरी भए पनि सबै तामाङ समुदायको कला संस्कृति, संस्कार हेर्न चाहनेका लागि यो डकुमेन्ट्री आधार हुन सक्छ ।’ थोकरले भने । ‘तामाङ समुदायले आफ्नो भाषा संस्कार संरक्षणका लागि यस्ता कामहरु भैरहनु पर्ने पर्छ ।’ उनले थपे ।
डकुमेन्ट्री तामाङ समुदायको घेवा संस्कारमा आधारित छ । उनले यसमा नेपालका तामाङ समुदायको संस्कारलाई अध्ययन गरेर बनाएका छन् । डकुमेन्ट्रीलाई लेखन तथा निर्देशन गोकुल थोकरले गरेका हुन् । सहनिर्देशन कुन्दन एल तामाङ, निर्माण बिजय लामा, सम्पादन सुनिल सोङमेन र छायाङकन रबिन आचार्यले गरेका हुन् ।
भिडियाेकाे हेर्न