तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानद्वारा सोनाम ल्होछारको सम्पुर्ण तयारी पुरा
तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसान दक्षिण कोरियाको आयोजन र DSME तामाङ समाज गजेदो दक्षिण कोरियाको सहआयोजनमा नेपाली राष्ट्रिय चाड एवंम् तामाङ समुदायको महान चाड मन्जुश्री सम्बत २८५५ औं सोनाम ल्होछार(फाग, ड्वा ल्हो) को अवसरमा आयोजना गरिने संस्कृतिक ल्होछार कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । फेब्रुअरी ३ तारीख आइतबार इन्जे युनिभर्सिटी किम्हेमा ‘’सोनाम ल्होछारको प्रर्वद्धन, हाम्रो साँस्कृतिक सरोकार। ताम्सालिङ प्रदेशको निर्माण, हाम्रो राजनीतिक आधार ’’ भन्ने मूल नाराका साथ कार्यक्रम हुनेछ ।
कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार टिका बोम्जन र फूलकुमार बोम्जन तथा स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुतिको रहने सोनाम ल्होछार मूल आयोजक समितिका अध्यक्ष विश्वास ब्लोनले जानकारी दिनु भएको छ । दिवा भोजको समेत व्यवस्था हुनेछ । तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसान दक्षिण कोरियाद्वारा सञ्चालनार्थ निस्शुल्क महिला आवास गृह “नानाआङा धिम किम्हे” को उद्धघाटन पनि सोही दिन हुने संस्थाका महासचिव मिलन थिङ तामाङले जानकारी दिए । कोरियामा रहेको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थिति जनाएर कार्यक्रमलाई भव्य र सभ्य बनाइ दिन आयोजकले अनुरोध गरेको छ ।