नेपाली संघिय समाज दक्षिण कोरियाको तेश्रो महाधिवेशन सम्पन्न अध्यक्षमा दर्पण गुरूङ


नेपाली संघिय समाजवादी फोरम, नेपालको प्रवास संगठन नेपाली संघिय समाज दक्षिण कोरियाको तेश्रो महाधिवेशन सम्पन्न भएको छ । मंगलबार सउलमा भएको कार्यक्रमबाट दर्पण गुरुङ्ग निर्वाचित भएका छन् ।

संघिय समाजवादी फोरम, नेपालको केन्द्रिय उपमहासचिव प्रकाश अधिकारी प्रमुख अतिथी र ससफो नेपाल पर्सा जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सांसद प्रदिप यादव बिशिस्ट आतिथ्यतामा संघिय समाज दक्षिण कोरियाको तेश्रो महाधिवेशन सम्पन्न गरीएको हो ।
अधिवेशनबाट विभिन्न सामाजिक संघसंस्थाका नेतृत्व ब्यक्ती,कोरियामै अध्यनरत बिद्यार्थी, समाजसेवी संगै विभिन्न पार्टीमा आवद्द ब्यक्तिहरु पार्टी परित्याग गर्दै ससफो पार्टी प्रवेश गरेका छन् ।

नयाँ पार्टी प्रवेश कार्यकर्ता लाई केन्द्रिय नेताहरुबाट खादा लगाई स्वागत गरिएको थियो । महाधिवेशन उपस्थित सवै राजनैतिक दलका भातृ संगठन र संघ संस्थाका पदाअधिकारीहरु ले ससफोलाई सफल कार्यकालको लागि नयाँ लाई स्वागत, बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।
अधिवेशन को अन्त्यमा नेफेसो कोरियाको निवर्तमान अध्यक्ष महेद्र राईले कार्यक्रम सभ्य र रुपमा सम्पन्न पार्नको लागि उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद दिएका छन् ।

कार्यसमितिममा वरिष्ट उपध्याक्ष पासाङ नुर्बु शेर्पा, उपाध्यक्षहरु कृष्ण कुमार सिंह, सन्तोष कुमार राइज, मिलन लिम्बू, नवीन शेर्पा छन् । त्यस्तै महासचिव नुबेन्द्र थाम्सुहाङ्ग, उपमहासचिव युगल किशोर शर्मा, सचिब बिक्रम नेम्वाङ्ग छन् । कोषाध्यक्ष जम्क राई, सदस्यहरुमा जीवन राई, हर्कराज फागो, विशन राई, नवराज तामाङ्ग, पवित्रा थेवे, नृपेश कुमार यादव, भिमाहाङ्ग तुम्बापो, अर्विन्द कुमार मेहेता, मोतिराज आङ्देम्बे, मोहन जबेगु, मदन तुम्बापो, इक्साहाङ्ग नेम्वाङ्ग र कमला तामाङ्ग छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...