धुर्मुस सुन्तली भ्रष्टाचार निर्मुल पार्ने अभियानमा पनि लाग्नुस्


धुर्मुस सुन्तली भ्रष्टाचार निर्मुल पार्ने अभियानमा पनि लाग्नुस्।हामी सहयोग गर्छौॅ। धुर्मुस सुन्तली तपाईहरु महान हुनुहुन्छ।तपाईहरुलाई हामी सहयोग गर्न तयार छौॅ।तर त्यो राज्यको पैसा भ्रष्टाचार गर्न बन्द गर्न पनि अभियान चलाउन पर्यो ।राज्य को ढुकुटी भ्रष्टाचार रोकिए मात्र नेपालको बिकास सम्भव छ।

हामीलाई थाहा छ ।नेपाली जनताले नखाएरै भएपनि ,दु:ख गरेरै भएपनि देशको बिकासको लागी सहयोग गर्न तयार छन्।गरेका पनी छन्। तर देश चलाउन ,बिकास गर्न भनेर जनताले सरकारमा पठाएका छौॅ ।तर तिनी टाउकेले सधैॅ भष्टाचार गरेर खाने यो हुन् सक्दैन्। तपाईहरु अब भ्रष्टाचार बिरुद्द पनी अभियान चलाउनुस् हामी सहयोग गर्न तयार छौॅ।

भ्ष्टाचार निर्मुल भए तपाईहरुले सोच्नु भए जस्तो रंगशाला दशौॅ वटा बनाउन सकिन्छ।बर्षौॅ नै बिकासको लागी छुट्याएको रकम बिकास गर्न नसकेर कति रकम फ्रिज हुन्छ।त्यो प्रयोग गर्नुस देश तेसै बन्छ। यदि देशको बजेट सही ठाॅउमा प्रयोग गर्दा पनी बिकास हुन सकेन भने हामी देशको बिकासको लागी जे पनी गरौॅला ,महिनौको कमाई देशको लागि दिउॅला। धुर्मुस सुन्तली तपाईहरुलाई त अहिलेको युग थाहा छ।बिदेशको बिकास देख्नुभाछ।त्यसैले देशको बिकास गर्न लाग्नुभाको छ।के गर्नु त्यो भष्टाचार गर्न मात्र पल्केका देशका असतीहरुलाई केही थाहा छैन्। बिकासको काम गर्न छुट्याएको रकम काम गर्न नसकेर बर्षौॅ फ्रिज भाको छ।ति रकम लिएर मध्यस्थकर्ताको रुपमा बसेर रंगशाला,पुल ,हॉस्पिटल,बाटोघाटो बनाउॅनुस्। राज्यकाे अरबौॅ रुपयाॅ भष्टाचार गर्ने देशको पैसा जती त्यही भ्रस्तहरूले खाने अनी हामीले सहयोग गरेर कति दिनसम्म देश बनाउने ?

हामी बिदेशमा दिनभरी गाली खाॅदै काम गर्छौॅ ।रातभरी पिडाले रुन्छौॅ र पनि बाबाआमालाई सॅन्चै छु खुसी छु भन्न बिबस् छौॅ। भष्टाचारले गर्दा देशमा रोजगार छैन्।हजारौं पढेलेखेका मान्छेहरु परदेशीन बाध्य छौॅ। त्यही बकुमफुसे राजनितिको झण्डा बोकेर गुलामी भएर हिड्न बाध्य छौॅ।

गाउॅमा एकजना डिग्री पढेका दाईले खुब पढेको देखेॅ अनी सोचे दाईले अब PHD को लागी तयारी गर्दै होलान् तर अफसोच होईन् रहेछ।उहाॅ त कोरियन भाषा पो पढ्नु भा रहेछ। के गर्नु डिग्री पढे पनी बिदेशमा तल्लो हो।कस्ले पढेछ कस्ले छैन्।केही वास्ता हुदैन्। गाली खाॅदै फोहोर,गाह्रो काम मर्नी गरेर गर्नी हो।अनी सोचे बिचरा दाईको डिग्री बिदेशमा कसलाई चासो।

अस्ती मात्र एउटा प्लेन किन्दा कति भष्टाचार भयो थाहाॅ छ।त्यो भष्टाचारको पैसाले एउटा सिङ्गो गाॅउ बनाउन् सकिन्छ।त्यसैले भष्टाचार नहुने हो भने नेपाललाई केही बर्षै मा स्वर्ग बनाउन् सकिन्छ। प्रधानमंत्री,भुपु प्रधानमंत्री अनी राज्यका ठुला भनाउदाहरु धुर्मुसको भाषण सुनेर ताली बजाईरहेका थिए ।तिनीहरुमा लाज सरम आत्मागलानी किन नभाको होला हैॅ? एउटा सर्व साधारण जनताको छोरा जसको राज्यको माथिल्लो निकाएमा कुनै अधिकार छैन्। उसले देशको रंगशाला बनाउने घोषणा गरेको छ।तर भष्टाचारी नेतामा भने लाज नै थिएन्। ताली पिट्दै थिए असती मर्न नसकेकाहरु।

रेमिट्यान्स र गरिब जनताको करबाट असुलेको राज्यकोषको भष्टाचार बन्द गर्ने पहिले अनी देशको बिकास गर्न प्रत्येक नेपाली सरकार भएर काम गर्न चाहन्छौं। एउटा ब्यक्ती सर्बसाधारण जनताले गरिबका हजारौॅ घर बनाएर खुसी दिन सक्छन्।खुसी दिईरहेछन्। तर सरकारमा भएका महान या दानब हुन्।त्यो तपाईहरुनै बिचार गर्नुस। किन बिकास गर्न सक्दैनन् किन? सरकारका मान्छेले सधैॅ भष्टाचार गर्ने अनी देशको बिकास हामी जस्ता गरिब जनता जो दुई छाक खान नपाएर बिदेशको गुलाम भएका छौॅ। उनीहरुले गर्नुपर्ने सरकार? यही प्रश्न सरकारलाई राख्दै मेरो कलम बन्द गर्ने अनुमती चाहन्छु।

लेखक देबु बुढाथोकी हाल दझिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...