कोरियाबाट फर्केर समाजसेवा गर्दै पेम साङ्बो शेर्पा


कोरियामा ५ बर्ष काम गरेर फर्केका पेम साङ्बो शेर्पा अहिले विभिन्न सामाजिक कार्यमा खट्दै आइरहेका छन् । अहिले उनकै पहलमा दोलाखा जिल्लाका अति दुर्गम बिगु गाउँ पालिका वडा नं ७ गौरी शंकर माविलाई भौतिक र आर्थिक सहयोग जुटाएर सहयोग गरिएको छ ।

यहि माघ १० गते उक्त सामग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष आङ निमा शेर्पा सहित प्रमुख अतिथिको रुपमा भर्खरै दक्षिण कोरियाबाट फर्केका युवा समाजसेवी पेम साङबो शेर्पा रहेका थिए । उक्त कार्यक्रममा स्थानिय बुध्दिजिवीहरू, समाजसेवीहरू र दोलखा बिगु शेर्पा युवा कल्व काठमान्डौ र साखा कल्व बिगुका अध्यक्ष द्धय र अन्य संघ (संस्थाहरूका प्रतिनिधि, अभिभागहरू, विधालय ब्यबस्थापक, शिक्षकहरू र कक्षा एक देखि दश कक्षा सम्मको सम्पुर्ण विधार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिद्यालयका प्रिन्सिपल पेमा ठिलेन शेर्पाले स्वागत मन्तव्य राखेका थिए।साथै समाजसेवी शेर्पा लगाएत सबै सहयोगी दाताहरूलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्ने आशा ब्यक्त गरे । त्यसैगरी बिद्यालयमा भुकम्प पस्चात पनि सहयोग रकम संकलन गरि पठाएकोमा प्रसंसा र धन्यवाद ब्यक्त गरे । मन्तव्यकै क्रममा बिगु शेर्पा युवा क्लवका अध्यक्ष दवाछिरी शेर्पाले विधार्थी जीवनमा अनुशासनको महत्वको बारेमा केही भनाई राख्नुका प्रमुख अतिथीको प्रसंसा गर्दै भने, उहाँ हाम्रै क्लवको निवर्तमान अध्यक्ष हुनुहुन्छ, अहिले हाम्रो युवा पु्स्ताको यो गाउँको आशा विश्वास र भरोसा भएका युवा समाजसेवीको रुपमा विगत एक दशक देखि उदाईरहेको छ यसमा हामी खुसी र उहाँको हरेक सकरात्मक कार्यमा हामी युवाहरूको साथ समर्थन रहनेछ ।

दक्षिण कोरियामा रहँदा पनि निरन्तर विभिन्न संघ(संस्था सामाजिक कार्यहरूमा संम्लक्न रहेर फेरि पुर्न आफ्नै स्वादेशमा सकृय भएकोमा गर्व गर्दै उनले थपे, उहाँको यो कार्यले गर्दा हामी सबै हर्सित हुनुका साथै उहाँलाई हामीले सकेको साथ दिन तयार छौ किनकी आज धेरै युवाहरू विदेश पलायन हुँदै गर्दा उहाँ भने विदेशबाट स्वदेशमा नै केही गर्ने जोस जाँगरका साथ फर्कनु भएको छ । उहाँमा एक यस्तो सकरात्मक सोच विचार छ जहाँ गाउँ समाज बन्न पर्छ र हामीले नै बनाउँनु पर्छ भन्ने सकरात्मक विचार पनि भएको र उमेरले म भन्दा अलि साना भाई नै भएता पनि उहाँको विचार र परिपक्कताले विगत एक दशक देखि निरन्तर सँगै छौ अझै हुने छौ भन्दै आफ्नो भनाई राखेका थिए । कार्यक्रममा प्रमुख अतिथी युवा समाजसेवी पेम साङबो शेर्पाले यस विधालयमा एक वर्ष मात्र पढ्ने अवसर पाए पनि आफु यहि विद्यालयको विधार्थी भएको र जिवनको पहिलो शिक्षा यही सिकेकोमा गर्व गर्दै सम्पुर्ण शिक्षक गुरुहरूलाई धन्यवाद दिँदै भने, म तपाईहरूको ऋिणी छु, मैले सकेको सहयोग निरन्तर गरिरहने छु, म आज जहाँ रहेको छु त्यो सबै हजुरहरूकै कारण हो । उनले आफ्नो विद्यार्थी जीवनी सुनादै शिक्षाको महत्व र विधार्थी जिवनको साथ(साथै शिक्षक र विधार्थी साथै अभिभावक सबैको संम्बन्ध कस्तो हुनु पर्छ साथै शिक्षाले समाजलाई पार्ने सकरात्मकरनकरात्मक असर आदिका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रमका आध्यक्षले प्रमुख अतिथि र अन्य सम्पुर्ण अतिथीहरू र सबै सहयोगी र अन्य उपस्थित सबैलाई धन्यवाद दिंदै कार्यक्रम समाप्त भएको घोषणा गरे । ब्यक्तिगत र अन्य केहि सहयोगी साथीहरूद्धरा समुहिक रूपमा विधालयमा अति आवश्यक सामाग्रीहरू  कुर्सी-१५, रोस्टम-१,भलिबल-६, साउण्ड बॉक्स-१, नेट-१, ब्याडमिन्टन-३, मादल-१, झ्यालि-१, मुरली-१, ईस्किपिडं, चेस वोड आदि साथै शैक्षिक भ्रमण कार्यक्रमका लागि पनि रू पाँच हजार रकम कार्यक्रम स्थलमै सहयोग गरिएको र अन्य सहयोगी दाताहरू जस्तै लाबुटि शेर्पा, कैलाश बस्नेत, पेम साङबो शेर्पा र सोही विद्यालय को पूर्व विधार्थी किन्जू शेर्पाले पनि सहयोग गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...