दक्षिण कोरियामा रहेका ह्योल्मोले मनाए सोनाम ल्होछार
गत मंगलबार दक्षिण कोरियामा रहेका ह्योल्मो समुदायले ह्योल्मो सोनाम ल्होछार मनाएका छन् । सउलमा भएको कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित थिए ।
आफ्नो भाषा, कला, संस्कार, संस्कृति, परम्परा र रितिरिवाजलाई उच्च सम्मान दिदै आएका छाै । ह्योल्मोहरुले बिदेशमा भए पनि ल्हाेछार मनाएका छन् । ह्योल्मो समाज, दक्षिण कोरियाका अध्यक्ष कान्छा बाबु ह्योल्मोले भने । हामीले त्यसैको निरन्तरता रुपमा हाम्रो ल्होछार मनाएका हौ ।
मंगलबार बेलुकी सुरु भएको ल्होछार कार्यक्रमका प्रमुख अतिथी नेपाल आदिबासी जनजाति महासंघ, दक्षिण कोरियाका कार्यबाहक अध्यक्ष मल्लिका थकालीले सबै जनजातिले आफ्नो पहिचानलाई सधै ख्याल गर्नु पर्ने बताइन् । हाम्रो आफ्नै पहिचान छ । हामी आफैले आफ्नो कला संस्कार संस्कृतिको संरक्षण गर्नु पर्छ । उनले भनिन् ।
कार्यक्रममा ह्याल्मो समुदायको मौलिक नाच स्याबु प्रस्तुत गरिएकाे थियाे भने मौलिक खाना खाप्से, छ्याङगुल, देर्का र सुचिया लगातयत अन्य परिकार अतिथीले मिठाे मानेर खाएका थिए ।