नेपाली चेली मीरा बनिन् फ्रान्समा च्याम्पियन
फोनिज कोरिया संवाददाता
फ्रान्समा आयोजित ८० किलोमिटरको अल्ट्रा म्याराथनको उपाधि नेपालकी मीरा राईले जितेकी छन्। फ्रान्सको चामोनिक्समा शनिबार भएको ८०किलोमिटरको दूरी राईले १२ घण्टा ३२ मिनेटमा पुरा गरेकी हुन्। म्याराथनमा स्पेनकी अन्ना कोमिट दोस्रो र अमेरिकीकी हिलारी एलिन तेस्रो भइन् ।
भोजपुरकी मीरा किशोरी अवस्थामा माओवादी लडाकु बनेकी थिइन्। माओवादी शान्ति प्रक्रियामा आएपछि भएको सेना समायोजनका क्रममा उनी अयोग्य भएकी थिइन्।
यसअघि उनले गत वर्ष २४ माघमा हङ्कङमा सम्पन्न स्काई रनिङ एसियन च्याम्पियनसिप ५० किलोमिटर दौड जितेकी थिइन् । लगतै साउथ चाइना मर्निङ पोष्टमा उनको जीवन सर्घषका कथा आएपछि उनी अन्तराष्ट्रिय स्तरमै चर्चाको विषय बन्न पुगेकी थिइन् ।