भर्सटायल गायीका तारा श्रीस संगकाे अन्तरबार्ता


नेवा पुच: दक्षिण कोरियाले कोरियाको नयाँ वर्ष सलनालको अवसर पारेर २०१९ फेब्रुअरी ३ तारिख आयोजना गरेको भिन्तुना सांगीतिक सौगात भाग २ का लागि नेपालका ख्यातीप्राप्त कलाकारहरुलाई निम्ता गरेको थियो । तिनै कलाकारहरु सँगै भर्सटायल गायिकाका रुपमा चिनिएकी अर्की गायिका तारा श्रीस पनि कार्यक्रममा सहभागी हुन कोरिया आइन् । करिब ६५० जति गीत गाएसकेकी गायिका श्रीसले प्राय सबै किसिमका गीत गाउने गर्छिन् । उनले चलचित्रका गीतदेखि पप आधुनिक, लोक, बिभिन्न भाषा भाषीका गीत, सालैजो, कौडा तथा ठाउँ बिशेषको चिनारी गीत गाइ सकेकी छिन्। उनै भर्सटायल गायिका तारा श्रीससंग फोनिज कोरिया डट नेटका लागी यम श्रीस मगरले गरेको अन्तरबार्ता।
आराम हुनु हुन्छ ?
– आराम नै भनुम। हल्का कोरियाको माइनस चिसोले भेटेकोछ।

नेवा पुच दक्षिण कोरियाले आयोजना गरेको भिन्तुना सांगीतिक सौगात भाग २ का लागी कोरिया आउनु भयो। कोरिया कस्तो लाग्यो ?

– काठमाण्ठौको मौसम पनि चिसै नै छ तर यहाँ अत्यधिक चिसो रहेछ। चिसोका कारण घाटी दुख्ने, टाउको दुख्ने समेत भयो। केहि प्रतिकुल मौसम भएता पनि कोरिया राम्रो लाग्यो। यहाँको भौतिक बिकासले मन नै लोभ्यायो। कोरिया भ्रमण मेरो लागी छोटो मिठो र सार्थक रहयो।

अहिले तपाइ के मा ब्यस्त हुनु हुन्छ ?

-अहिले म त्यति धेरै ब्यस्त छैन भनुम। गीत संगीत मै लागेको छु। नियमित रुपमा साधना पनि गरिरहेकी छु।काठमाण्डौंको एक गजलमा गायीकाको रुपमा जब पनि गर्दैछु। केहि गीत रेकर्डिङ्ग गर्ने र देश बिदेशको सांगीतिक कार्यक्रममा पनी हल्का ब्यस्त छु।

अलिकति गीत संगीतकै कुरा गरौं। तपाइ कहिले देखि गित संगीतमा लाग्नु भयो । तपाइलाइ गीत संगीतमा लाग्ने प्रेरणा कसरी मिल्यो ?

– म सानै देखि गीत गाउन नाच्न मन पराउँथे। मेरो प्राथमिक स्कुल गाँउ बाग्लुङ्ग छिस्तीमै बित्योे। त्यस पछि बाग्लुङ्ग बाट पोखरा अध्ययनको लागी आइयो। पोखरामा मा.बि तहमा अध्ययन गर्दा नै गीत गाउन अग्रसर भएको थिए। मैले खास गरेर पप गीत सुन्थे, बढि मात्रामा अभय शुब्बाका गीतहरु सुन्थे। उहाँहरुको गीत सुन्दा सुन्दा नै गीत संगीतमा लाग्ने प्रेरणा मिल्यो ।

तपाईलाई गीत संगीतमा लाग्न परिवारबाट कत्तिको सपोर्ट थियो ?

-सुरुमा घर परिवारको सपोर्ट कत्ति पनि थिएन। पछि अरु कसैले मेरो बाबालाई तपाईको छोरी ताराले साह्रै मिठो गीत गाउछन् भनेर सुनाइ दिएछन्। त्यस पछि परिवारको पुर्ण सपोर्ट छ।

प्रोफेशनल रुपमा कहिले देखि गीत संगीतमा लाग्नु भयो ?

-म नेपाल टेलिभिजनले काठमाण्डौमा आयोजना गरेको भ्वाइस अफ टिन २०१० को प्रतियोगितामा प्रतिस्पर्धा गरेको थिए। टप २५ बाट टप १९ छनौट गर्दा म आउट भएको थिए। त्यो बेलामा अल्ली नर्भस भएको पनि थिए। त्यस पछि २०१० मै पोखरामा आयोजना भएको बिग आइकनमा प्रतिस्पर्धा गरेको थिए। भोटको कारणले टप फोर बाट बाहिरिए। त्यस पछि सांगीतिक क्षेत्रमा केहि गर्न सक्छु भनेर नै यो क्षेत्रमा प्रबेश गरेको हो।

गीत संगीतको लागी काठमाण्डौ कहिले प्रबेश गर्नु भयो र शुरुको स्ट्रगल पिरियड कस्तो रहयो ?

– काठमाण्डौ प्रबेश गरको करिब ५ बर्ष भयो। पहिलो एक बर्ष निकै स्ट्रगल गर्नु पर्यो। राम्रो जब थिएन। म संग पैसा पनि थिएन। खान बस्न, संगीत क्लास लिन पैसाकै कारण निकै गाह्रो भएको थियो। कति बेला त बस चढ्ने पैसा पनि हुन्थेन। कति महिना त रोएर दिन पनि बिताए। ४/५ महिना सम्म त घरको पनि अत्यास लाग्यो। बानी नपरेर पनि होला। निकै हतास पनि भाको थिए। पोखरा घर फर्कन्छु भनेर बाबा आमालाइ फोन गर्थे। अनि बा आमाले पनि सम्झाउथे। दुख पछि सुख हुन्छ। अहिले संघर्ष गरे पो पछि सजिलो हुन्छ। सफल भइन्छ भन्नु हुन्थ्यो। अर्को बर्ष पछि संगित क्षेत्रमा साथी संगी संङ्ग चिनजान अल्लि बढ्रदै गयो। अलि राम्रो जब पनि पाउन थाले। केहि सहज हुन थाल्यो। म अझै पनि संघर्ष गरि रहेकोछु।

अहिले सम्म कति गीत र कस्ता खालका गीतहरु गाउनु भयो ?

-अहिले सम्म ६५० भन्दा बढि गीत रेकर्ड भै सकेका छन्। मैले सबै किसिमको गीत गाउँछु। चलचित्रको गीत, आधुनिक पप गीत, लोक गीत,ठाउँ बिशेषको चिनारी गीत , केहि गुरुङ्ग भाषा र मगर भाषाका गीत हरु पनि गाएकीछु। मेरो प्याट्रन पप भएकोले बढि पप गीत गाउँन मन पर्छ।
चलचित्रको गीत भन्नु भयो, कुन कुन चलचित्रको गीत गाउनु भयो ?

-मैले गुरुङ चलचित्र मै रिमाे को “ए ङोलो ए ङोलो” भन्ने टाइटल गीत गाए, जुन चलचित्र रिलिज भइ सक्यो र गुरुङ समुदायले तारा श्रीस भनेर पनि चिन्ने गर्छन । गुरुङ्ग भाषाको २०/ २५ वटा चलचित्रका गीत गाइ सकेको छु।  त्यस्तै शिलफुल चलचित्रको टाइटल गीत पनि गाएकोछु। जुन चलचित्र प्रदर्शनको क्रममा छ। अन्य थुप्रै चलचित्रमा पनि गाएको छु। त्यो प्रदर्शन हुन बाकी नै छ।

गुरुङ भाषा र मगर भाषाका गीतहरु गाउन कत्तिको सजिलो हुदो रहेछ ?

-शुरुमा निकै गाह्रो भएको थियो। तर आजकल त बानी परि सक्यो। म मगर भएर पनि मगर भाषा त जान्दिन ।गुरुङ भाषा त झन जान्ने कुरा नै भएन। तै पनि त्यो गीतको अर्थ र भाव नेपाली भाषामा बुझेर गाउने गरेकी छु। गीत राम्रै गाउन सकेकी छु जस्तो लाग्छ।

सांगीतिक यात्रामा अहिले सम्म कुन कुन देशको भ्रमण गर्नु भयो ?

-मेरो बिदेश यात्रा भर्खर शुरु हुदैछ। पहिलो पटक २०१७ मा जापान गए। त्यसपछि २०१८ मा कतार २ पटक गइ सके। त्यस पछि २०१८ मै हङकङ र हाल २०१९ मा कोरिया आएकी छु।

बिदेशको सांगीतिक कार्यक्रम र त्याहाँको दर्शकको प्रतिक्रिया कस्तो पाउनु भएकोछ ?

-म अझै पनि निरन्तर लागेकोछु। बिदेशमा दर्शकहरुले मेरो भ्वाइस र गायन कलालाई राम्रै मानेका छन्। अझै अरु देश तिर पनि कार्यक्रमको तय हुदैछ। बिदेशमा बस्ने नेपालीहरुले नयाँ उदियमान कलाकारहरुलाइ पनि माया गरिराख्नु भएकोछ। त्यसमा खुसी लाग्छ।

बिदेश यात्रा,अनि नेपालमा पनि मेला महोन्सबमा कार्यक्रम, गीत रेकर्डिङ्ग र जब पनि। अव संगीत बाट नै जिबन यापन गर्नु हुन्छ त ?

-मेरो संगीत क्षेत्रमा रुचि र लगाबले गर्दा यो क्षेत्रमा लागेको छु। हामी जस्ता भर्खर संघर्षरत कलाकार लाइ संगीत बाट नै जिबन यापन गर्न कठिन नै छ। तर पनि गर्दैछु। एक दिन अवश्य सफल हुनेछु भन्नेमा आशाबादी छु।

नेवा पुच कोरियाले आयोजना गरेको भिन्तुना सांगीतिक कार्यक्रममा तपाईको प्रस्तुती कस्तो लाग्यो ?

-समग्रमा कार्यक्रम राम्रो भयो। सबै जना कलाकारको प्रस्तुति राम्रो थियो। ओभरअल मेरो पनि राम्रो नै भयो। तै पनि चिसो मौसमले मलाइ छोयो। टाउको दुख्ने, घाटी दुख्नाले सोचे जस्तो राम्रो गाउन सकिन। दर्शकले चाही कस्तो मान्नु भयो उहाँहरु लाइ सोध्नु पर्छ । समय पनि थोरै भयो। मौसम पनि प्रतिकुल थियो। ठिकै भयो भनुम ।
अन्तमा के भन्न चाहानु हुन्छ ?

-सर्ब प्रथम त नेवापुच कोरियालाइ बिशेष धन्यबाद दिन चाहन्छु। मलाइ अवसर दिनु भयो। स्टेज दिनु भयो। र फोनिज कोरिया डट नेट लाई पनि बिशेष धन्यबाद। मेरो २ /४ कुरा राख्ने बिशेष अवसरको लागी।  धन्यबाद।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...