कोरियाको जाडो सिजनमा बेरोजगारको समस्या बढि


बाग्लुङका बबिन थापा ६ महिना अगाडी कृषि भिजामा रोजगारको लागी कोरिया आएका थिए। उनि खाङ्गवन्दोमा रहेको कृर्षि फार्ममा काम गर्थे। उनको फार्ममा स्टाबेरी उत्पादन हुन्छ। नोवेम्बर देखि जाडो सुरु भयो। साहुले जाडोको अवधिमा काम हुन्न तलब दिनु सक्दैन। नेपाल बिदा मनाउन जाउ भन्यो। नेपाल बाट आएकै बल्ल ६ महिना भएको छ। कृर्षिमा तबल थोरै। त्यसैमा खानु पर्ने,। पहिलो ३ महिना सम्म परिक्षणकाल भनेर पैसा कटाउने, स्वदेश फिर्ति इन्स्योरेन्सको ५ लाख वन कटाउने गर्दा पैसा नै छैन। नेपाल जादा प्लेन टिकट, २/३ महिना बस्दा खानु पर्यो। परिवारलाइ केहि उपहार किन्नु पर्यो। पैसा नै छैन। कसरी नेपाल जानु? नेपाल नजाने भने पछि साहुले कम्पनि बाट नै छाेडेर जाउ। म लेटर दिन्छु भन्यो। लेटर दियो। कम्पनि छोडियो। अव कहाँ जाने, कहाँ बस्ने टेन्सन सुरु भयो। धन्न नेपाली संस्थाहरुले खोलेका सेल्टर रहेछन। बाग्लुङका एक जना समाज सेबीको सम्पर्कबाट मगर संघको सेल्टर दोङदेमुनमा बस्न पुगियो।
त्यहाँ हामी जस्ता काम छोडेर बसेका ७/८ जना नेपाली साथीहरु थिए। कोहि बिरामी साथी पनि रहेछन्। अरु सबै कामकै खोजीमा। जाडो सिजन शुरु भए पछि कृर्षि फार्महरुमा काम नहुदो रहेछ। भट्टाभट साहुहरुले कामदार निकाल्दा रहेछन। यो क्रम नोवेम्वर देखि शुरु हुदो रहेछ। फेब्रुअरी सम्म जाडो हुनाले कृर्षिमा काम नै नपाइने रहेछ। जुन जब सेन्टर नोदोङबुमा जाउ कतै काम छैन। जाउ आउ बस रेल ट्याक्सी चढ पैसा खर्च भएको भई छ। काम पाउने होइन।
काम खोज्ने अवधि जम्मा ३ महिना हुने ।अनि ३ महिना सम्म काम नपाएर इलिगल भएका थुप्रै साथीहरु छन् भन्ने सुनाउछन अग्रजहरुले। आफुलाई पनि एकातिर भिजा जोगाउने पिर छ । अलिकति भए पनि पैसा कमाउने भबिस्य बनाउने सोच छदैछ। बल्ल तल्ल २ महिना पछि झल्लानाम्दोको एक कुखुरा फार्ममा काम पाए। मेरो भिजा त जोगियो। बबिन थापाले भने । यो उनको बास्तबिक स्टोरी हो । उनी जस्ता सयौ हजारौ बिदेशीको समस्या हो यो ।कतिपय श्रमिकले कम्पनी परिबर्तन गर्न चाहेका हुन्छन्। यहि जाडो सिजनमा निस्कन्छन्। यो समस्या उनले पनि भोग्छन्। त्यस पछि चेत पाउछन् जाडो सिजनमा सके सम्म कम्पनी छोड्न हुन्न भनेर।
म्यानुफ्याक्चर कम्पनिमा काम गर्ने कामदारको समस्या पनि उस्तै छ। आजकल कोरियाको कम्पनिकै कामहरु घटेका छन्। सरकारले नै ओभरटाइमको समय घटाएको छ। सनिबार र आइतबार पनि बिदा दिने गरेकोछ। अरु बार पनि ८ घन्टामा सिमित हुन पुगेको छ। प्राय जसो कम्पनिका काम घटेकाले कम्पनिले कामदार निकाल्ने क्रम जारी नै छ। थुप्रै नेपाली सेल्टरहरुमा नेपाली श्रमिकहरु खचाखच भरिएका छन्। दोङदेमुन, सुवन, थेगु किम्हे बुसान लगायतका नेपालीका सेल्टर तथा कोरियनका चर्च सेल्टरमा समेत नेपाली श्रमिक खचाखच भरिएका छन्।
थेगु नजिकै उइसङमा पर्बतका पौडेल थरका एक जना नेपाली युवाले आराबाइत अफिसबाट आराबाइत काम गर्थे। डिसेम्बर देखि काम नगरी बसेको ३ महिना हुन लाग्यो। यो जाडोमा बाहिर अपार्ट बनाउने लगाएतका कन्स्ट्रक्सनका काम चलेको छैन। रुम भाडा ३ लाख वन तिर्नु पर्छ। जाडो मा बोइलर लगाउनु पर्छ। ग्यास पानी बिजुली गर्दा झण्डै १ लाख पचास हजार वन तिर्नु पर्छ। काम नगरे पनि बसेर सुतेर खानको लागी पनि मासिक ३ लाख खर्च हुन्छ। केहि खर्च नगर्दा पनि मासिक खर्च ७,८ लाख वन हुन आउँछ। नेपालमा पैसा पठाउने त कुरै छोडौं। यहाँ बाच्नको लागी पनि अग्रिम रकमको ब्यवस्था गरेर बस्नु पर्छ। नत्र बाच्न गाह्रो छ। पौडेलले भने।
आजकल कम्पनीमा पनि काम नभएकाले काम पाउन गाह्रोछ। भीजा नभएकालाई काम पाउन त झनै गाह्रो छ। उनी त प्रनिनिधि पात्र मात्र हुन। आराबाइत निर्माणको काम वा कृर्षिको काममा कामनै नपाइने समस्या ठुलो छ। मार्च देखि भने बिस्तारै जाडो सकिन्छ। कामको चहलपहल शुरु हुन्छ। काम पाउने आशामा छन् उनि।
कोरिया सरकारले मजदुरको तलबमा भारी बृद्धि गरेकाले पनि साना तथा मझौला कम्पनिहरुलाई कम्पनि चलाउन समस्या भएको समाचार सुन्न पाईन्छ। अर्को कुरा हरेक बर्ष कोरिया सरकारले इ पि एस मार्फत बिभिन्न देश बाट करिब ५० हजार श्रमिक ल्याउने गरेकोछ। याे बाहेक बिभिन्न भिसामा काेरिया प्रबेश गर्ने बिदेशीकाे संख्या पनि ठुलाेछ। कोरियाको ब्यापार पनि केहि घटेर हो कि रोजगारको अवसर खुम्चेको जस्तो लागेकोछ। यी समस्यालाइ कसरी सम्बोधन गर्न सकिन्छ सम्बन्धित निकायको ध्यान जान सके प्रवासी श्रमिकहरुलाई सहज हुने थियो की?

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...