कर्णालीको पिडामा महलम लगाउन एकजुट बनौ!


समाजसेवा कुनै जात,धर्म,भूगोल र लिङ्गलाई हेरेर गरिदैन। यो त निष्कपट,लोभ,भय,कामुकता र प्यास बाट मुक्त भएर पबित्र हृदयले समाजलाई पुगाउने योगदान हो। समय र परिस्थिति अनुकूल मिलाएर विभिन्न मान्छे सामाजिक कार्यमा होमिन्छन। सबैलाई समाजले बिश्वास गर्न सक्दैन । समाजले बिश्वास गरिहाले पनि स्वांयम व्यक्ती दिगो नहुनसक्छ। यावत चुनौतीका बिचमा सामाजिक परोपकार कार्यमा पछिल्लो समय देखिएको चिरपरिचित अनुहार हो,समाजसेवी पत्रकार “सिधाकुरा जनता संग कार्यक्रम” प्रस्तोता आदरणीय व्यक्तित्व रबि लामिछाने ।जस्को नेतृत्वमा सप्तरीको मुसाहर बस्ती निर्माणको सफल समाप्ति संग यतिबेला देशकै बिकट क्षेत्र कर्णाली कालिकोटको रास्कोटमा गैर नाफा मुलक सामुदायीक अस्पताल निर्माणमा उहाँ लगाएत उहाँको सिङ्गो टिम जुटि रहेको छ । जहाँ राज्यको आँखा बिकासका निमित्त आजसम्म परेको छैन। यो पबित्र र महापुण्यको कार्यमा कर्णाली क्षेत्र बासी मात्रै नभइ सम्पुर्ण नेपाली मन एक ठाउँमा उभिएर ‘सयौं थुङ्ग फुलेका हामी एउटै माला नेपाली सार्वभौम भइ फैलिएका मेची महाकाली ‘हाम्रो राष्ट्रिय गान गाउदै सम्पन्न गर्नुपर्ने बेला आएको छ,सार्थक्ता दिनुपर्ने बेला आएको छ।

कर्णालीको परिचय यावत तरिकाले दिन सकिन्छ।राजधानीले कर्णालीलाई देख्दैन,हेर्दैन,हेर्ने कोशिस सम्म गर्दैन ।त्यसैले आज कर्णाली जननिजन्म भूमिमा टुहुरो जस्तै भएको छ।१६वर्षे उन्मात भरिएको जवानीमा पनि बिधुवा आईमाईले झैँ माया,आकर्षक,सद्भाव,ममता र समानता खोजिरहेको छ। हुदाहुदै पनि रित्तो छ।औषत आयु देशको भन्दा फरक छ।सुत्केरी व्यथा पुर्वजन्मको सराप ठान्छन।कुपोषण जन्मजात पाएको बरदान।स्कुल आधारभूत आवस्यकता भित्र पर्दैन। बिराम हुँदा धामी, झाक्री र बैद्य बाहेकको अर्को उपाय मृत्यु हो । राज्यले दिने स्वास्थ सेवा सुबिधामा पुग्ने पहुँचको कुरा छोडौं।जीवनजल र सिटामोल आजसम्म निशुल्क हैन,शुल्क तिरेर पनि किन्दा पाइदैन। झाडापखालाले ज्यान लिन्छ।

यो दर्दनाक र दयनिय अबस्थालाई राज्यले आज पनि पहिचान गर्न सकेको छैन । तर कर्णाली बासीले परिवर्तनका लागी राज्यका निमित्त बेलाबेला ज्यानको बलिदान दिदै आए। हुन त यस्तो आम जनताको संबेदनशिल स्वास्थ्य सेवा र अन्य आवश्यक आधारभूत भौतिक संरचना र बिकास निर्माणको काम सरकारको हो। अब यो क्षेत्रलाई परिवर्तनको स्वाद चखाउने जिम्मा राज्यको काँधमा मात्रै नसुम्पी, राज्यले बेवास्ता गर्यो भनेर वा गरेन भनेर हामी पनि चुप नबसी तपाई र म मिलेर हामी भइ हातेमालो गर्नु पर्ने बेला आएको छ। हामी नगारिकको दायित्व र नैतिक जिम्मेवारी पनि बहन गर्ने बेला आएको छ। यी यस्ता अभियान र सामाजिक कार्यले राज्यलाइ पनि सघाउने र सकारात्मक तवरमा रचनात्मक काम गर्दै राज्यलाई खबरदारी र दबाबको पनि सृजना भइरहेको हुन्छ।

यतिबेला रास्कोट समुदाय अस्पताल कालागि परदेशमा रहेका नेपाली राष्ट्रप्रेमी मनहरुले व्यापक नैतिकता र आर्थिक सहयोग संकलन गरि रहेका छ। जुन युके,अमेरिका,जापान ,कोरिया,ओमन लगाएत अन्य मुलुकमा तिब्र भइ रहेको छ। आर्थिक सहयोग अस्पताल निर्माणको मेरुदण्ड हो।नैतिकता साथ र समर्थन आत्मबल र उर्जा । भनिन्छ,’सय थुकी नदि एक थुकी सुकि ‘ एकता नै बल हो । हिमाल दुख्दा पहाड र तराईले सेकनु पर्छ,तराई डुब्दा पहाडीले छेक्नुपर्छ। हैन भने देश भक्ती छैन हाम्रो छातिभित्र यो गीत भनिए झैं हामी बेलाबेला देशमा देखिएका चुनौती समाधान गर्ने गरेका छौं । स्वास्थ्य राम्रो भयो भने हामी सक्षम हुन्छौं ।हामी सक्षम हुनु भनेको परिवार खुसी हुनु हो। परिवारको खुसी पछि हामीले दिने योगदान राज्यलाई नै हो। अहिले कर्णाली बासी स्वास्थ सुबिधामा आफ्नो पहुँच पुगाउन सकेको छैन भने आम राज्यमा सुबिधा सम्पन्न डिजिटल अस्पताल गाउँ,टोल,छर्छिमेकमा नहुदा बिदेशमा गएर उपचार गर्न नसक्दा धेरैको ज्यान गहि रहेको छ। हाम्रो यस्तो डरलाग्दो अवस्थाका बिचमा तपाई र म हामी हुदै निर्माण हुन गएको रास्कोट अस्पताल पुर्णरुपले निर्माण पछि तपाई हामी पहुँच ,पावर र पैसा नहुनेहरु देश भित्र उपचार पाउनेछौं भने कर्णाली बासिले पनि लोकतान्त्रिक गणतन्त्र ल्याउन गरेको युद्ध अन्य समय बेलाबेला गरेको बलिदानका घाउमा मलहम लाउने छन।

आउनुहोस्! बिश्वभर छरिएर रहनु भएका मनकारी राष्ट्रप्रेमी नेपाली मनहरु दिन दु:खी कर्णाबासिहरुमा खुशी छर्न सत्कर्मको बाटोमा एकजुट भइ लागौ।

भोजराज घोडासैनी
सुर्खेत
हाल दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...