ठाकुर तामाङको सम्झनामा फेब्रुअरी २४ आइतबार श्रद्धान्जली सभा हुने
गत फेब्रुअरी १२ मंगलबारका दिन सुतेकै अबस्थामा मृत्यू भएका ठाकुर तामाङको यहीे आइतबार श्रद्धान्जली सभा कार्यक्रम गर्ने भएको छ । नेपाल तामाङ संघ, धादिङ समाज, एनप्रिक र नेपाली एकता समूह फाजु दक्षिण कोरियाले गर्ने सो सभा सउलको नेपाल हाउसमा विहान ठीक ११ बजे हुने छ ।
विगत ८ वर्षदेखी फाजुको फर्निचर कम्पनीमा काम गर्दै आएका जीवन भनिने ठाकुर तामाङको पार्थिब शरीर नेपाल पठाइ सकिएको तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाईबाले जानकारी गराए । ‘उहाँको परिवारको आग्रहमा पार्थिव शरीर नेपाल पढाए पनि हामीले यो आइतबार श्रद्धान्जली सभा गर्ने निर्णय गरेका छौ । यो दुखद घडिमा हामीले उहाँको आत्मलाई सम्झने हो । यसमा दक्षिण कोरियामा हरेका सबै संघसंस्थाका प्रतिनिधि र साथीभाइलाई उपस्थितीका लागि अनुरोध गर्छौ ।’ उनले भने ।
श्रद्धान्जली कार्यक्रम ठीक समयमा हुने भएकोले सबैलाई समयमै उपस्थित भैदिन आयोजकले आग्रह गरेको छ ।