नेपाल मगर संघ गणतन्त्र कोरियाको नवौ अधिबेशन यहि मार्च ३ मा हुने
नेपाल मगर संघ गणतन्त्र कोरियाको नवौ अधिबेशन तथा नेपाल मगर संघकाे ३७ औँ स्थापना दिवस यहि मार्च ३ तारिखका दिन राजाधानी सौल दोङ्देमुनमा हुने भएको छ ।
प्रवासी भुमी कोरियामा सन २००३ मा स्थापित नेपाल मगर संघ कोरियाले विभिन्न संघ संस्थासङ्ग हातेमालो गर्दै सामाजिक सेवाका कार्यहरु गर्दै आइरहेकोछ। नवौ अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने, बर्तमान कार्यसमितिका प्रगति प्रतिबेदन, अार्थिक प्रतिबेदन माथी छलफल र अनुमाेदन तथा भाबी याेजना माथी छलफल हुने अध्यक्ष खड्ग थापामगरले जानकारी दिएका छन् ।
नेपालबाट बिभिन्न उद्धेश्यले कोरिया आइ विभिन्न पेशा तथा सेवामा आबद्ध सम्पुर्ण मगर दाजु भाइ तथा दिदीबहिनीहरुको गरिमामय उपस्थितिका लागि महासचिव तुल चोचांगीमगरले अनुरोध गरेका छन् ।
स्थान : दर्शन नमस्ते हल दोङ्देमुन स्टेसन गेट नम्बर ३
मिती २०१९/ ३/३ आइतवार
समय : बिहान ठिक १०:००