पत्रकार महासंघ दक्षिण कोरियाले निर्वतमान अध्यक्ष खेम कार्कीलाइ सम्मान तथा बिदाई गर्याे
नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको निर्वतमान अध्यक्ष खेम कार्कीलाइ नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले एक कार्यक्रमका बीच सम्मान तथा बिदाई गरेको छ । अाइतबार सउलमा भएकाे कार्यक्रममा दक्षिण काेरियामा रहेका पत्रकारहरूकाे बाक्लाे उपस्थिती रहेकाे थियाे ।
कार्यक्रममा बोल्दै कोरियामा बिदाई कार्यक्रम भब्य सभ्य बनाउनु भएको र अबका दिनहरुमा बिदाई कार्यक्रमहरुलाई पनि एकरुपता गर्नुपर्ने कुरामा जोड दिए । त्यस्तै नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्षले एकैसाथ काम गरेर धेरै कुराहरु सिकेको र अब आउने दिनहरुमा पनि उत्तिकै साथ सहयोग प्राप्त गर्ने कुरामा आफू बिस्वस्त रहेकाे बताए । साथै नेपाल बसाई अझै उपलब्धिमुलक रहाेस भनेर शुभकामना दिएका थिए । पत्रकार महासंघले कार्कीलाई सम्मान पत्र सहित पनि प्रदान गरेकाे थियो ।
सम्मान ग्रहण गरिसकेपछी अन्त्यमा बोल्दै निवर्तमान अध्यक्षले लगायत उपस्तिथ सम्पुर्ण लाई धन्यवाद दिएका थिए । भोतिक रुपमा टाढा हुने भएता पनि अहिलेको डिजिटल दुनियाँमा हामी साथमै रहने र साथ सहयोग सदैव तपाईहरुकै वरपर रहने कुरा ब्यक्त गरे ।