सुवन देखि बुसानसम्मको रेल यात्रा भिडियोमा
यस हप्ता गोकुल थोकर र सिमा लामाले आफ्नो ब्लग cool gafgaaf मा सुवन देखि बुसानको छेउमै रहेको गुपो स्टेशनसम्मको रेल यात्रा देखाएका छन् । बस्नका लागि सिट नपाए पनि उनीहरुले गरेको रेलयात्रा रमाइलो छ ।
ठूला ठूला खेतका फाँट र साना साना पहाड रेलको झ्यालबाट देखिदा नेपालको अन्न भन्डार भनिने तराई क्षेत्रको याद दिलाउँछ । झन्डै तीन सय किलो मिटर लामो रेल यात्रा भरि नै नेपालको जस्तै भुभाग देखिन्छन् । तै पनि बिकासित देश कोरिया र बिकासान्मुख नेपालको जनजीवन फरक हुने नै भयो । के कस्ता कुरा फरक छन् त भिडियोमा देख्न सकिन्छ ।
१३ मिनेट लामो भिडियोमा लामो दुरीको रेल र लोकल रेलको रमाइलो हेर्न सकिन्छ ।
भिडियाे हेर्नकाे लागि