के नेपाल बिग्रेकै हो वा लुट्न छुट भएकै हो त?


खै कहॉ बाट शुरु गरु लेख्न मन लाग्यो तर शुरु नगर्दै भावुक भैयो।यो गित गाउनको लागी कसरी बाध्य भए अथवा कसरी सके गायक पशुपति शर्माले म अचम्मित छु।साच्चै मेरो देशको हालत हेर्दा मुटु माथि ढुंगा राखी हास्नु पर्या छ भने जस्तै छ। गित पुरै सुने ।आखॉ रसाए तर मन समाले। सुक्ष्म तरिकाले विश्लेषण गर्न थाले मन अली दरो बनाएर किनकी गितमा प्रयोग भएका शब्दहरु अलि मार्मिक खालकै छन। सोचे किन यस्तो गित गाउन प्रेरित गर्यो?समाज निरासाबाद तिर जाने की आशाबादी हुने?आइन्दा यस्तो नहोस भन्ने चेतावनि हो कि?समाजलाइ सुधार्न खोजिएको कि तनाब तिर लौजान खोजिएको? केही मेसो पाउन सकिएन तर गितले समाज गिज्जल्यो रमाइलो मान्ने कुरा बास्तबमा ठिक होइन।तैपनी नेपालीको आफ्नै बाध्यता छ। मेहेनत कम सपना सार्है ठुला। राष्ट्रीयताले ओतप्रोत भएका गितहरु सुन्दा जुरुक्क उठ्ने समाज यस पाली थेचारियो। केहि कुराहरु यथार्थ लागेता पनि पुरै गित अलि अस्वभाबिक लाग्छ। हाम्रो कस्तो समाज हो वा कस्ता राजनितीक नेताहरु हुन? सधै सत्तामा रमाएकाहरु यसपाली सत्ता बाहिर हुदा गितमा रमाएका छन ।मानौ उनिहरु सधैका प्रतिपक्ष हुन।

एक सांसदले २५ हजार इनाम दिने कुरा संसद मै दर्ज गराए। अर्का सांसदले तिमी यो गित दुरुस्तै गाउ म १ लाख दिन्छु भने। लाज नभएका हुन की लाज पचेका हुन कस्तो संस्कार सिकाउलान यिनले बिल्खबन्दनमा परिएको छ। देशको राजनैतिक परिवर्तन बारे पनि हामी जानकार हुनै पर्छ। नेपाल कसैको पराधिन वा औपनिबेशिक मुलुक होइन तथापी जनता पराधिन बन्नु परेको छ यो यथार्थ हो।मुलुकले आन्तरिक संघर्षहरु धेरै गरेको इतिहास हाम्रो सामु छ। २००७ सालको गौरवमय इतिहास हुदै ०३६ सालको बिध्यार्थी आन्दोलन र ०४६को जनआन्दोलनले पनि हामिलाइ पुर्ण प्रजातन्त्र दिन सकेन फलस्वरुप राजनैतिक परिवर्तन अधुरो नै रह्यो। मुलुकमा जनयुद्धको रापताप र दलमाथिको प्रतिबन्दको कारण माओबादी र सात दलको मिलन हुन पुगि १२ बुदे समझदारी पश्चात ०६२/०६३को दोश्रो जनआन्दोलनले निरंकुस राजतन्त्रलाइ शिंहासनबाट झारेको थियो। मुलुक यतिमा मात्रै रोकिएन अझ अघि बढी संबिधान सभाको चुनाब गराइ बिधी संवत प्रकृया बाट राजतन्त्रको युग समाप्त गरी गणतन्त्रको युगमा प्रबेश गरेको थियो। अहिले राष्टपति आलांकारिक छन र प्रधानमन्त्री कार्यकारी यि त भए राजनैतिक क्रान्ती तिनका उपलब्धीहरु।

प्रकृतीले सुन्दर देश हाम्रो नेपाल राजनैतिक परिवर्तनका आन्तरिक द्वन्धले यत्रो बर्ष रुमल्लिनु पुग्यो। यसो बामे सर्न लागेको हाम्रो अर्थतन्त्रमा भुकम्प र नाकाबन्दीले थिलोथिलो बनायो।जेनतेन संबिधान बन्यो तर कार्यान्वयनमा बहुत मेहनेत गर्नु पर्यो । मात्र ३ तहको चुनाब भयो बल्ल हामि संग ३ तहकै सरकार छन।  के सहिदहरुले यतिका बलिदानी नगरेको भए राजनैतिक परिवर्तन संभव थियो? नेताहरु इमान्दार रुपमा आन्दोलन र नेत्रित्व नगरेको भए के संभव थियो यतिका परिवर्तन? निश्चितै रुपमा उत्तर आउछ थिएन त्यसैले हाम्रा अग्रज राजनैतिक नेत्रित्वले जेल नेल टाउकाको मुल्य समेत तोकिएर गरेको त्याग तपश्याको मुल्य गाली गलोज कदापी होइन र हुन सक्दैन। तर यसो भनिरहदा नेताहरु अबको समृद्द नेपाल निर्माण अभियान बाट भाग्नु हुदैन।

३ करोड नेपाली जनता नजुटीकन कसरी बन्ला सम्बृद्ध नेपाल? हुन त नेपाली जनताले बहुमत झण्डै २/३ नेकपालाइ दिएका छन। त्यसैले त  ५ बर्ष टिक्ने बलियो सरकार बनाउन पाएका छन ।यस नेपाली जनताको असिम बिश्वासलाइ नजर अन्दाज गर्ने हो भने यस्ता गितहरु अरु पनि आउने छन। अन्तमा, अस्थिर सरकार र आजित भएको नेपाली समुदाय अनि अस्थिर सरकारमा खेलेको नेपालको हरेक कर्मचारि बर्गले अब सोच्नै पर्दछ कि आफु कुलमान घिसिंग जस्तै बन्ने की भ्रष्ट पाठक, शर्मा जस्तै बन्ने?

निश्कर्षमा भन्न सकिन्छ अब हरेकले देश प्रती योगदान गर्नै पर्दछ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...