फेसबुकको पासवर्डले बिगारेको सम्बन्ध


अाफ्नाे फेसबुककाे पासवर्ड यदि कसैलाई दिएमा वा ह्याक गरि अरुले चलाएमा क्षण भरमै चरित्र हत्या भई ब्यक्तित्वमा नकारात्मक असर पर्न जान्छ । यसमा गरेको पोस्टको एक सब्दले जिन्दगीभरि आघात पुग्न सक्छ। खासगरि पछिल्लो समयमा नाैजवान प्रेमिप्रेमिकाले मायामा बिस्वास दिलाउनको लागि आफ्नो सामाजीक सञ्जालका अाफ्नाे पासवर्ड नै बन्दकि राख्ने गर्छन। यसरी बिस्वासको लागि राखिएको पासवर्ड बन्दकि दुरुपयोग भएर जघन्य अपराधिक घट्ना घटेका तथा धेरैको सम्बन्ध बिग्रिएको उदाहरण प्रशस्तै छन् । पासवर्ड दुरुपयोग भएका केही घट्नाका उदाहरण हरु तल समेट्ने कोसिस गरेको छु।
घट्ना -१
निता र बिबेक (नाम परिबर्तन) मिल्ने साथी थिए । दुबै जना साहित्य सर्जक हुन। नीता गीत र कबिता लेख्छन भने बिबेक मुक्तक उत्कृष्ट लेख्छन। बाचनमा पनि अब्बल छन। दुबैको क्षेत्र साहित्य भएकोले सहित्यीक कार्यक्रम हरुमा भेट हुनु स्वभाबिक हो। यी दुबैजना कोरियाको साहित्यिक संस्थामा आबद्द छन। एक महिना अगाडी मात्र उनिहरुले एकअर्कालाई चिनेका थिए । गएको सलनाल मा एक साहित्यीक कार्यक्रम कै बेला उनीहरुको भेट भएको थियो । तेसै बेला नम्बर साटासाट गरे । फेसबुकमा साथी बने । साहित्यसृजना बारे छलफल गर्ने, रचनाहरुको तारीफ गर्ने, नमिलेको ठाउमा सिक्नेसिकाउने गर्थे । फेसबुक मा राखिएका लेखरचना, स्टाटस तथा फोटो हरुमा लाईक कमेन्ट गर्नेगर्थे । त्यो भन्दा फाल्तुकुरा केही हुन्न थ्यो।
बिबेकको नेपालमा प्रेमिका छ। उनिहरुले फेसबुक र ईमो को आइडि पासवर्ड साटेका छन। चाहेको बेला एकअर्काको फेसबुक र इमो खोल्न सक्छन। प्रेमिका ले बिबेक कुनैकेटी संग बोलेको, च्याटगरेको मन पराउदैन। बिबेक को फोटोमा लाईक कमेन्ट गर्ने सबै केटिलाई बिबेक को आइडिबाट छानीछानी ब्लक गर्छन र तथानाम गालीपनि गर्छन। यसैक्रममा निता पनि बिबेकको प्रेमिकाको निशानामा पर्छ। बिबेकको इमोबाट नितालाई तल्लोस्तर को गाली गर्छ भने र याैन आसय बुझिने मेसेज गर्छन । यति सम्म कि त्यो भन्दा तल्लो स्तरको कुनै शब्द छैन जुन शब्दमा लेख्न सकिन्न। एक्कासी बिबेकको इमोबाट दुर्व्यवहार पुर्ण मेसेज आउदा निता रिसले आगो हुन्छिन। प्रतिकार स्वरुप निताले आफु दुरव्यबहारमा परेको कुरा फेसबुक स्टाटस लेख्छ र सोहिक्षेत्रक साथीहरुलाई पनि सुनाउछन्। निताका साथी शुभचिन्तक हरुले बिबेकलाई कमेन्टमा गालि गर्छन र उनी सम्वद्दसंस्थाबाट कार्बाहि गर्ने भनेपछि बिबेकले बल्ल ईमो आइडि मिसयुज भएको बताउछ। त्यस्तो मेसेज आफुले नगरि नेपाल मा रहेका प्रेमिका गरेको बताउछ।हल्ला सर्बत्र फैलिएपछि बिबेक र उनको नेपालमा रहेकि प्रेमिकाले भाईबर मार्फत गल्ति गरेकोमा निता संग माफि माग्छन। बिबेक ले केहिदिन देखि म संग संकास्पद व्यवहार गर्न थालेपछी आफुले आबेसमा आएर गल्ति गरेको स्विकारछन। यहि कारनले अहिले बिबेकको प्रेमिकासंग सम्बन्ध चिसिदै गएको छ भने बिबेक र निता सम्पुर्ण सामाजिक सन्जाल र फोनमा समेत ब्लक छिन।
घट्ना-२
उदयपुरको पहाडिभेगका पुजा(नाम परिबर्तन) चार बर्ष अघी सदरमुकाम गाईघाट मा एक चलेको गैरसरकारी कार्यलायमा जागिरे थिन्। उनका श्रीमान बैदेसिक रोजगारिमा थिए। उनिभने सदरमुकाम मै डेरा गरि बस्थे। उन्को एकदिन कोरियामा रहेको रमेश (नाम परिबर्तन) संग फेसबुकमै चिनजान भयो। रमेसको घरपनि गदयपुर। उनिहरु एउटै कलेजपनी पढेका रहेछन तर संकाय अलग भएकोले चिनजान भने थिएन। फेसबुकमा दिनदिनै कुराहुन्थ्यो । केही महिना पछि नै उनिहरु प्रेमिप्रेमिका भईसकेका थिए।
रमेशले कोरिया को आकर्षक तलब को बारेमा सुनाउथ्यो। ईपिएस पास गरेर कोरिया आउनु सुझाउथ्यो। पुजा पनि राजि भई। काठमाडौ मा डेरा गरि बस्ने, खर्चबर्च सबै रमेशले नै बेहोर्ने भएपछि हुदाखाँदाको जागिर छोडेर ईपीएस पढ्न श्रिमानको सल्लाहबिना काठमाण्डु बस्न थालीन। तर पुजा पहीलो बर्ष फेल भईन। त्यतिन्जेल उनको श्रिमान संगपनी सम्बन्ध बिग्रिसकेको थियो, एता रमेशको पनि पुजाको पढाईको लागि ठुलो खर्च भै सकेको थियो ।
एकदिन रमेशले फेसबुक को आईडि पासवर्ड दिए फेरी पढाउने भनेपछि उसले पनि हुन्छ भनि। पासवर्ड पनि दिईन। तर रमेसले पुजाको फेसबुकलाई दुरुपयोग गर्दै गयो। जस्ले मेसेज गरेपनि म पुजाको ब्वाईफ्रेन्ड हु उसलाई मैले पढाउदै छु भन्ने ढाडस दिन्थ्यो। यति सम्म की पुजाले पहिला संगै कामगरने सहकर्मि देखि, छिमेकी,आफन्त कसैलाई बाकि राखेन। भिड्योकल मा कुरा गर्दाको अर्धनग्न फोटो को स्क्रिनसटको फोटो देखि पैसा पठाएका बिलहरु सम्म पुजाको प्रोफाईल बनाएर पोस्ट गरिदिन्थे। यतिन्जेल पुजाको अधिकांस साथिहरुले पुजालाई ब्लोक गरिसकेका थिए। पुजालाई म बाहेक कसैलेपनी नहेरोस भनेर यसो गरिएको रमेश ले बताए। पुजाले यसो नगर्नु भनेर सम्झाउदा मैले तेत्रो पैसा लगानि गरेको छु। त मेरै बुढि होस। जे गर्दै छु म ठिक गर्दै छु जस्ता जबाफ दिन्थे। रमेशको यसकिसिमकाे हर्कतले पुजा आजीत भएर आत्महत्या गर्नसमेत आँटिसकेका थिए ।
पछि कसैले पुजालाई फेसबुक सधैकोलागि डिएक्टिभ गरेर रमेशसंगको सम्बन्धबाट टाढिनु सुझाएछन। तेसै गरे। अहिले पुजा इपिएस पास गरेर कोरिया आईसकेका छन। रमेशको पैसा पनि तिरिदिए। उनी कोरियाको थेजनको एक कृषि उधोगमा काम गर्दैछन भने रमेशको भिसा सकिएर आगामि महिना नेपाल जाँदै छन्।
माथिका दुई उदाहरणबाट के स्पस्ट हुन्छ भने जे उद्धेश्यकोलागि पासवर्ड साटिन्छ परिणाम उल्टो भै दिन्छ। बिश्वासको लागि गरिने यसकिसिमका क्रियाकलापले झन शंका उव्जाउछ। यदि माया नै गर्ने हो भने संकारहित गर्नु नत्र पासवर्ड नसाट्दैमा माया नहुने र साटेमा सफल हुने भन्ने हुन्न। भनाई छ नी जहाँ एकअर्कामा बिश्वास हुन्छ त्याहा नै माया पनि ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...