अल बिदा रबिन्द्र अधिकारी… !


कास्की जिल्ला तत्कालिन भरतपोखरी गाविसमा बुबा इन्द्र प्रसाद र मुमा लक्ष्मी अधिकारीको कोख बाट जेष्ठ सुपुत्रको रुपमा २०२६ बैशाख २२ गते जन्मिएका नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी सहित अरु ६ जना चढेको हेलिकप्टर ताप्लेजुंगमा हराइरहेको र शकुसलताको कामना गरी पोष्ट गरिएका स्टाटसहरु देख्दा झस्याङ भए । लगत्तै फेरि सामाजिक सन्जालका पोष्टहरु हार्दिक श्रदान्जली र समबेदनामा परिनत भएको देखेर भावविह्वल हुन पुगे ।

जन्मे पछि मृत्यु अवश्यंभावी छ । यो प्रकृतीको नियम नै हो अथवा मृत्यु शाश्वत सत्य हो । तर अल्पायुमै दुर्घटना बाट हुने मृत्यु र हत्या हिंसा जस्ता अस्वभाविक मृत्युहरु हामिले भोगिरहेका हुन्छौ र हामिलाई भावविह्वल बनाइरहेका हुन्छन् ।

सामाजिक जिवनमा होमिएर देश र जनताको पृय बनेका रबिन्द्र अधिकारीको दुर्घटना बाट हुन गएको अकल्पनिय मृत्यु देश र जनताको निम्ती अपूरणीय क्षति हो । आजका युवा बिध्यार्थीहरुले युगौसम्म सम्झिने वहॉको मुख्य योगदान भनेको अध्यनरत बिध्यार्थीहरुको लागी पहिले ३३% र पछि ४५% सम्म सवारी साधनहरुमा उपलब्ध गराइने भाडा छुट हो ।
पृथ्बीनारायण क्याम्पसको स्वबियु सभापति र केन्द्रिय क्याम्पस त्रिबिको सभापति हुँदा गरिएका बिध्यार्थिका हक हितका कार्यहरु इतिहासमा दर्ज भएका छन् ।
राष्टीयताको लागि वहॉको योगदान अनेरास्वबियु अध्यक्ष हुदॉ कालापानीमा मार्च पास, लक्ष्मणपुर बॉधले नेपालको भुमि बर्षेनि ढुबान पारेकोमा शसक्त विरोध र सिमा सुरक्षाको निम्ती सक्दो अभियान चलाएर राष्ट्र प्रेमको छवि भनाएका थिए ।

सर्वसाधारण जनताको छोरा कास्की कै एक कुशल गायक प्रबिण गुरुंगको तत्कालिन शाहज्यादा पारस शाह द्वारा गरिएको निर्मम हत्याको बिरुद्धमा ५ लाख २३ हजार सर्व साधारणको हस्ताक्षर संकलन गरेर दरबारमा बुझाएर पारस लाई जेल चलान गर्नु पर्छ भन्दै तत्कालीन राज्य शक्तिको बिरुद्धमा अवाज उठाउन सक्ने निडर विध्यार्थी नेता थिए ।
संघर्ष र मेहनेतका पर्याबाची ब्यक्ति भन्दा अतियुक्ती नहोला किनकी उनी ०४५मा पृथ्बिनारायण क्यापसका स्वबियु सदस्य निर्बाचित भए पछि सक्रिय भएर विभिन्न उदाहरणीय कामहरु गरेका छन् जसको बर्णन यो छोटो लेखमा गर्न म असमर्थ छु ।

देशमा जनआन्दोलनको रापताप थियो केन्द्र पोखरा र प्रत्य़क्ष नेतृत्व पृथ्बिनारायण क्याम्पस कै युवा बिध्यार्थीको नाताले रबिन्द्र अधिकारीको कॉधमा थियो । तत्कालिन स्वबियु सभापति झलक सुबेदी हुनुहुन्थ्यो वहॉहरुले कलेज ०४७ बाट छाडेपछि स्वबियुको नयॉ चुनाब हुन नसकेकोले नाम उही कार्यकारी जिम्मा रबिन्द्र अधिकारी लाइ थियो । ०४९ मा स्वबियुको चुनाब भयो र सभापति रबिन्द्र अधिकारी निर्बाचित हुनुभयो । त्यसपछि पृथ्बिनारायण कलेजमै पनि उल्लेख्य सुधारका काम भए । ०५३ मा केन्द्रिय क्याम्पस त्रिबिमा पनि सभापतिमा निर्बाचित हुनुभयो । देश भरिका कलेजहरुको स्वबियु काउन्सिलमा पनि संयोजक हुनुभयो ।

वहॉ विद्यार्थी राजनितीमा अबिचलित अगाडी बड्नु भयो ।अनेरास्वबियुको कास्की जिल्ला अध्यक्ष हुदै अन्चल कमिटी अध्यक्ष र केन्द्रिय सदस्य, माहासचिब हुदै अञ्चल अध्यक्ष हुनुभयो । ब्यबस्थापनमा स्नातकोत्तर गरेका अधिकारीका बिभिन्न लेखहरु र कृतीहरु पनि प्रकाशित छन । संबिधान सभा, लोकतन्त्र र राज्य पुनरसंरचना नामक कृती पाठकको रोजाइमा परेको कृती हो ।

विद्यार्थी राजनिती बाट पाटी राजनितीमा होमिएका अधिकारी तत्कालीन नेकपा एमाले कास्की जिल्ला कमिटी सचिब २ पटक, अन्चल कमिटी सदस्य, राष्ट्रिय परिषद सदस्य, केन्दीय सदस्य र पाटी स्कुल बिभाग तथा संसदिय बिभाग सदस्य हुँदै पछिल्लो समय दुइ पाटीको एकता पश्चात नेकपाको पनि केन्द्रिय सदस्य भए ।

विद्यार्थी कालमा ६ महिना जेल जिबन बिताएका कुशल नेता अधिकारी राष्ट्रिय निर्बाचन ३ पटक जितेर ह्यट्रिक गर्ने नेतामा पर्दछन ।

आज भन्दा २५ बर्ष अगाडी यो पंतिकारको पृथिबिनारायण क्याम्पस मै वहॉ संग भेट भएको थियो । सालिन, भद्र, तार्किक र बहु प्रतिभावान ब्यक्तित्व हुनुहुन्थ्यो । सैद्धान्तिक रुपमा वहॉ अनेरास्वबियु पाचौ र यो पंतिकार अनेरास्वबियु छैटौमा आस्था राख्थ्यो । तर पनि उहाँ सधैं मेरो आदरणीय हुनुहुन्थ्यो ।

अब लागौ वहॉको राजकिय सेवा को चर्चा परिचर्चा र योगदान तर्फ ।

०६४ मा वहॉ संविधान निर्माण गर्ने तर्फका बिभिन्न समितीमा सदस्यको रुपमा रहेर कार्य गर्नु भयो । संबिधान सभा भंग भएकोले यो कार्य ०७० को चुनाब पछिको समितीमा सर्यो र वहॉ रुपान्तरित संसदको विकास समितीको सभापति बन्नु भयो।
सभापतिको हैसियतले वहॉले राष्ट्रिय गौरवका आयोजनाहरुमा निरीक्षण,सुपरिव़ण गर्नु भयो ।

०७४ को संघिय संसदमा निर्बाचित भए पछि पाटीले वहॉको मुल्यांकन गरेर संस्कृती,पर्यटन तथा नागरीक उडड्यन मन्त्री बन्नु भयो । मन्त्री भै सके पछि धेरै मेहनेत र परिश्रम गर्ने मन्त्रीमा वहॉ गनिनु हुन्छ । बर्षौ देखी बन्न नसकेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल बन्ने प्रकृयामा छ।
गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल करिब अब पुरा हुने चरणमा छ । नेपालको दोश्रो बारा-निचगड अन्तराष्ट्रिय बिमानस्थलको लागी पर्याप्त गृहकार्यमा जुटिरहेको अवस्था थियो।
देशको एक मात्र अन्तराष्ट्रिय बिमानस्थलको स्तर उन्नति हुने प्रकृयामा थियो । संस्कृती तर्फ पुरातत्वबिभागले धमाधम काम गरिरहेको अवस्था थियो।

देश भरि बिमान सेवा नभएको ठॉउमा सम्भाब्यता अध्यन गरी अति आवश्यक ठाउँमा बिमानस्थल बन्ने प्रकृयामा थिए ।
पछिल्लो समय यहि प्रकृया अन्तरगत माननिय मन्त्री रबिन्द्र अधिकारी तेर्हथुमको आठराइ गाउपालिकाको चुहानडॉडामा बन्न लागेको बिमानस्थलको सम्भाब्यता अध्यनको लागी टोली सहित जानु भएको थियो।

राष्ट्रहित र जनहितको कार्य सम्पन्न गरी फर्किरहेको अवस्थामा ताप्लेजुंगको फुंगलिंग नगरपालिका १० स्थित सिस्नेभिरमा एयर डाइनेस्टिको हेलिकप्टर दुर्घटना हुनपुगी माननिय मन्त्री सहित ६ जना टोलीको अकल्पनिय मृत्यु हुनपुग्यो।
मन्त्रीको हैसियतले वहॉले देखेको सपना र वहॉले शुरु गरेका कार्यहरु पुरा गर्नु सरकारको दायित्व हो । साथ दिनु तपाइ हाम्रो कर्तब्य हो ।
अल बिदा रबिन्द्र अधिकारी हार्दिक श्रदा सुमन!!!
परिवारजनमा समबेदना ।
चुडामणी अधिकारी हाल दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...