कोमल वलीको बोलीमा दलित समुदायको आपत्ति


लोक गायीका तथा नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्य कोमल वलीले एक टेलिभिजन कार्यक्रममा बोलेको शब्द प्रति सशक्त दलित एकता समाज दक्षिण कोरियाले आपत्ति जनाएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कारबाहीका लागि नेकपा र सरकारको ध्यानाकर्षण समेत गरेको छ ।

कान्तिपुर एच.डी टि.भी. बाट प्रसारण हुने टक शो कार्यक्रम “इट्स माइ शो”मा कोमल ओलि ले “मरेपछि डुँमै राजा” भन्ने शब्द प्रयोग गरेकोमा आपत्ति जनाउँदै विज्ञप्ति निकालिएको हो । विज्ञप्तिमा लेखिएको छ “अन्तर्वार्तामा ‘मरेपछि डुँमै राजा’ भन्ने अति तुच्छ, असहिष्णु र सामाजिक सद्भाव विपरीत एवं नेपालमा रहेका तथाकथित दलित समुदाय भित्र पर्ने सिंगो डुम समुदायको आत्मसम्मानमा ठेस पुग्नेगरी अपमानजनक शब्द प्रयोग गर्दै संविधान र प्रचलित कानुन विपरीत अभिव्यक्ति दिएकोमा त्यस् अभिव्यक्ति प्रति सशक्त दलित एकता समाज दक्षिण कोरियाको गम्भीर ध्यानाकर्षण भएको छ ।”

समाजले यस्तो अभिव्यक्ति कानुनी रुपमा पनि गलत भएकोले सरकारलाई ध्यानाकर्षण गराउदै भनेको छ “देशको सरकार चलाइरहेको पार्टीको नेत्री तथा राष्ट्रिय सभाको सदस्य जस्तो गरिमामय पदमा आसीन व्यक्तिले आफ्नो पदिय जिम्मेवारीको ख्यालै नगरी अपहेलित तिरस्कृत र मानव विरोधी शब्दले प्रहार गरी एउटा सिंगो समुदायलाई आघात पुर्याएकी छन् । जुन नेपालको संविधान अनुसार सामाजिक र कानुनी अपराध हो । त्यसकारण निजले जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ को दफा ४ को उपदफा १२ बमोजिमको कसुर गरेको पुष्टि हुन्छ । त्यसैले कानुनतः सजायको भागिदार बनाउन, ने.क.पा. र नेपाल सरकारको ध्यानाकर्षण गराउदछ ।”

सुरज सिंह ठकुरीले संचालन गर्ने “इट्स माइ शो” को २ मार्च २०१९ को अंकमा राष्ट्रिय सभा सदस्य कोमल वलीले “मरेपछि डुमै राजा” भन्ने शब्द बोलेकी छन् ।

कानुनमा के छ ?
जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ अन्तर्गत दफा ४ को उपदफा १२ मा लेखिएको छ-
यदि कोहि कसैले श्रव्य-दृश्य सामग्री, लेख, रचना, चित्र, आकार, कार्टुन, पोस्टर वा साहित्यको प्रसारण, प्रकाशन वा प्रदर्शन गरेर अन्य कुनै तरिकाले कुनै जातजाति वा उत्पीडनका व्यक्तिको उचनिच दर्शाउने, जातजातिका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठहर्‍याउने वा जातिय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचारप्रसार गर्ने गराउने, अपमानजनक शव्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो संकेत गर्ने वा जातीय विभेदलाई कुनैपनी किसिमले अभिबृद्वी गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन पाइने छैन । यदि दफा ४ को उपदफा १२ बमोजिम कसैले कसुर गरेमा एक हजार देखि २५ हजार सम्म जरिवाना र एक महिना देखि एक बर्ष सम्म कैद वा दुवै सजाय हुने, भनी लेखिएको छ ।

यस्तो कानुन हुँदा हुँदै पनि “माननीय कोमल वलीले पद, पावर र पैसाको आडमा या अन्य कुनै के को आधारमा एउटा सिंगो समुदायलाई निच र अपमान दर्शाउने घृणित शब्दको अभिव्यक्ति दिएकाले यस् अभिव्यक्ति प्रती हाम्रो घोर बिरोध छ ।” भन्दै समाजको महासचिव अर्जुन परियारले फोनिज कोरियालाई भने “साथै एउटा सिंगो समुदायलाई गिराउने खालको अभिव्यक्ति दिएकोमा माननीय कोमल वलीले सार्वजनिक रुपमा माफी मागी नैतिकताको हिसाबले सजायको भागिदार बन्नुपर्छ ।”

प्रेस विज्ञप्ति

फोटो : कोमल वलीको ट्विटरबाट

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • पूर्वी नेपाल समाजद्वारा सलनालको कार्यक्रम बाँडफाँड, खोटाङ, भोजपुर र ओखलढुंगालाई अनुमति
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...