खादालाई बिबादमा ल्याएकोमा आदिबासी जनजाति महासंघ, दक्षिण कोरियाको बिरोध


नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले बौद्ध धर्मालम्बीले शुभकार्यमा प्रयोग गर्ने खादाको बारेमा नेकपाका नेता खगराज अधिकारीले भ्रमक र कपोलकल्पित तथ्य प्रस्तुत गरेकोमा बिरोध जनाएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै महासंघले नेपाली समाजमा जन्म, मृत्यु, बिवाह र विविध शुभकार्यहरुमा फूलमाला झै सर्वमान्य र सर्वस्वीकार्य खादालाई बिभिन्न बाहनामा बिबादमा ल्याउनु दुखद भएको जनाएको छ ।
‘बौद्ध दर्शनमा आधारित खादा फूलमालाको रुपमा प्रयोग गर्न मिल्ने, हलुका, सस्तो सर्व सुलभ र सादादेखि बिभिन्न रंगमा पाईने, एक भन्दा बढि प्रयोग गर्न मिल्ने पवित्र बस्त्र भएकोले सम्पूर्ण धर्मावलम्बी र समुदायहरुले स्वतस्फुर्त र ब्यापक रुपमा प्रयोग गरिरहेको पाउछौं ।’ बिज्ञप्तीमा भनिएको छ । ‘साम्वोटा लिपिमा लेखिने अक्षरमा बौद्ध पराम्पराका शुभ शब्दहरु हुने गर्दछ । तसर्थ धर्म निरपेक्ष, बहुजातीय, बहुधार्मिक, बहु सांस्कृतिक र बुद्ध जन्मेको देश नेपालमा बौद्ध दर्शनमा आधारित खादाको महत्व र अर्थ नबुझी आएको प्रतिनिधी सभा सदस्य र पूर्व मन्त्री समेत भईसकेका खगराज अधिकारीको भनाइमा कुनै सत्यता छैन ।’
आदिबासी महासंघ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष मल्लिका थकाली र महासचिव केशर दर्लामी मगरद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा प्रधानमन्त्री केपी ओलीले बेला बखतमा खादाले वायु प्रदुषण गर्छ भन्ने लगायतका भ्रामक कुरा गरिरहेको र कार्यकर्ताहरुलाई खादाको सट्टामा खादा जस्तै आकारको गलबन्दी वा तन्नाको टुक्रा प्रयोग गर्न उर्दी गरिरहेको पनि उल्लेख छ ।

विज्ञप्ति पूर्ण पाठ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • पूर्वी नेपाल समाजद्वारा सलनालको कार्यक्रम बाँडफाँड, खोटाङ, भोजपुर र ओखलढुंगालाई अनुमति
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...