मलेसियाले नेपालीको सट्टा बंगलादेशबाट १५ लाख कामदार ल्याउने
फोनिजकोरिया संवाददाता
काठमाडौं – नेपाल सरकारले फ्री टिकट फ्री भिसा लागु गर्ने निर्णय गरे पछि मलेसियाले बंगलादेशबाट १५ लाख कामदार ल्याउने भएको छ ।
मलेसियाका गृहमन्त्री डाटुक सेरी अहमद जाहिद हामिदीले तीन वर्षभित्रमा विभिन्न क्षेत्रमा आवश्यक पर्ने कामदारको माग पूर्ति गर्नका लागि यो निर्णय गरेको बताएका छन्। यस विषयमा जुलाई १७ पछि मलेसिया र बंगलादेशबीच ढाकामा सम्झौता गरिने उनले बताए।
यस प्रक्रियामा नयाँ र दक्ष कामदार मात्र ल्याइने र पुराना गैरकानुनी कामदारहरु हटाउने कार्यलाई भने निरन्तरता दिने पनि जाहिद हामिदीले बताए। बंगलादेश र मलेसियाका कामदारबीच साँस्कृतिक समस्या देखिएपछि सन् २००९ देखि मलेसियाले बंगलादेशी कामदारमा रोक लगाएको थियो।