बाेनम्याराे बिरामी शान्ति रार्इलार्इ काेरियाबाट दुइ लाख ३३ हजार सहयाेग
उदयपुरका बोनम्यारो बिरामी सान्ती राईलाई दक्षिण कोरियामा कार्यरत युवाहरुले आर्थीक सहयाेग पठाएका छन्। उदयपुर सेवा समाजकाका सल्लाहाकार सञ्जिब राई, गोपीकृष्ण राई र निश्चल बान्तावा राईले आर्थिक सहयाेग अभियान संचालन गरि ९१ जनाबाट २ लाख ३३ हजार छ सय दुई रुपैया सहयोग पठाएर हस्तातान्तरण गरेका हुन।
आइतवार उदयपुरको सदरमुकाम गाईघाटमा एक कार्यक्रमकाे आयोजना गरि नेपाल पत्रकार महासंघ शाखा उदयपुरको उपाध्यक्ष भोटराज राईले बिरामिका बुवा डिग बहदुर र आमा रामकुमारी राईलाई शान्तीराई बचाउ समितीका पदाधिकारीकाे उपस्थितीमा रकम हस्तान्तरन गरेको उदयपुर सेवा समाजका सल्लाहाकार सन्जिब राईले बताए ।
अहिलेसम्म २६ लाखको हाराहारीमा सहयोग रकम जुटेको शान्ति राई बचाउँ अभियान समितिका अध्यक्ष ज्ञान राईले जानकारी दिएका छन् । उपचारको लागी अझै १५ लाख अपुग रहेको र अझै सहयाेगहरु आईरहेको पनि राईले बताए ।
बिरामीको पारिवारिक आर्थिक अबस्था कमजोर रहेको र उपचार खर्च धेरै लाग्ने भएकोले एभिन्युज टिभि र अन्य मिडियाहरु मार्फत पनि सहयाेगका लागी अपिल गरेको थाहा पाएर हामिले अभियान चलाएका हाै, सह्योग अभियान्ता गोपिकृष्ण राईले बताए ।