दक्षिण कोरियामा एक हजारमा पाँच प्रतिशत मात्रै विवाहका लागि तयार
दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्यांक सार्वजनिक भएको छ । आर्थिक अस्थिरता लगायतका कारण दक्षिण कोरियाका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ ।
सन् २०१८ मा एक हजार युवायुवतीमा ५ प्रतिशतले विवाह गरेको पाइएको छ । यो तथ्यांक अहिलेसम्मकै सबैभन्दा न्यून हो ।
कोरियाको तथ्यांक विभागले वैवाहिक सम्बन्धको दर के कति रहन्छ भनेर सन् १९७० देखि तथ्यांक संकलन गर्ने गरेको छ । समाचारमा जनाइएअनुसार यो वैवाहिक दर सन् १९७० पछिकै सबैभन्दा कम हो ।
सन् १९८० मा यहाँका युवायुवतीमा विवाह दर प्रति एक हजारमा १०.६ प्रतिशत रहेको थियो । उक्त विभागले यो तथ्यांक सुरू गरेयताको सबैभन्दा बढी दर हो ।
यो तथ्यांकमा बर्सेनी कमी आउन थालेको हो । सन् १९९० यो दर घटेर मा ९.३, सन् २००० मा ६.५ र सन् २०१० मा ६.५ हुँदै आएको थियो ।
दक्षिण कोरियाली नागरिकमा पहिलो पटक विवाह गर्ने उमेर दर पुरुषमा ३३.२ वर्ष र महिलामा यो उमेर दर ३०.४ वर्ष छ ।