सनातन साहित्य सङ्गीत साधना समूह “पाँच-स” कोरियाले मार्च २४ मा होली पर्व मनाउने
सनातन साहित्य सङ्गीत साधना समूह “पाँच-स” दक्षिण कोरियाले अाउँदाे अाइतबार मार्च २४ तारिखमा होली पर्व मनाउने भएको छ। रंगहरुको पर्व होली बिशेष गरी नेपाल, भारत, बंगलादेश, पाकिस्तान, साउथ अफ्रिका, मलेसिया विषेश रूपमा मनाइने भए पनि नेपालीहरु भएका विश्वका धेरै ठाउँमा मनाइन्छ ।
नेपालमा मार्च २० मा परे पनि दक्षिण कोरियामा बिदाको समय र राम्राे मौसम हेर्नु पर्ने भएकोले २४ तारिखमा मनाउन लागेकाे अध्यक्ष भवश्वी बमजनले बताए । ‘हामी समय मिलाएर मनाउँछाै । गत वर्ष मनाएकै हाङ नदिकाे किनारामा मनाउने हाे । रमाइलाेका लागि सउल वरिपरिका साथीहरूलाइ अाउन अाग्रह गर्दछु । गत वर्ष पनि निकै नै उत्साहजनक सहभागीता रहेकाे थियाे ।’ उनले भने ।
आफ्नो कला, साहित्य,सङ्गीत तथा नेपाली पर्वहरुलाई जोगाइ राख्ने उद्देयका साथ आयोजना गर्न लागेको होली कार्यक्रममा कोरियावासी सम्पुर्ण नेपालीहरुलाई आयोजकले यसै सुचना मार्फत हार्दिक निमन्त्रणा गरेको छ। हाेली कार्यक्रममा होलीका रङ्गीन रंगहरुसँग रमाउँदै- नाँच्ने, गाँउने
बिभिन्न रमाइला तथा आकर्षक खेलहरु खेलाउने, नेपाली परिकारका खाजाहरुको व्यवस्था गरिएकाे अायाेजकले जानकारी दिएकाे छ ।
बिहान १० बजे देखि ४ बजे हुने कार्यक्रम Ichon Station, Hangang River park, Seoul, line no. ४, Exit no. ४ वाट ५००/६०० मिटर अगाडी रहेकाे छ । थप जानकारीकाे लागि ०१०-२४७११४३७, ०१०-६४९२४८४०, ०१०-५८१०२४४० सम्पर्क गर्न सकिनेछ ।
सोही दिन स्टार रेमिटको सेवा पनि उपलव्ध हुने भएकोले खाता खोल्न इच्छुक महानुभावहरुले आफ्नो एलिन कार्डको साथमा बैँक खाता न. र पासपोर्ट न. पनि साथमा लिएर आउनु हुन अनुरोध गरिन्छ।