Advertisement
SKIP THIS

इपीएस मार्फत कोरिया आएका नेपाली करिब ६० हजार पुगे, पास भएका ९ हजार भन्दा बढी आउनै पाएनन्


रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षामा उत्तीर्ण भएका करिब ७० हजार मध्ये झन्डै ६० हजार नेपाली कोरिया आइपुगेका छन् भने ९ भन्दा बढी नेपाली कोरिया आउन पाएनन् । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार अहिलेसम्म ६९ हजार ९८ जना भाषा परीक्षा उत्तीर्ण भएकामा ५९ हजार ६ सय ९८ मात्र कोरिया आउन पाए । ९ हजार ४ सय नेपाली भने भाषा पास भएपनि कोरिया आउन पाएनन् ।

कोरियाले कामदार ल्याउन हरेक वर्ष नेपाल लगायत विभिन्न देशमा भाषा परीक्षा लिने गरेको छ । नेपालबाट हालसम्म छुट्याएको कोटाअनुसार कामदार नलिएको तथ्यांकले देखाउछ । २००८ मा ६ हजार ७ सय ८६ कामदारको कोटा छुट्याएको थियो । सुरुको वर्ष ८१ महिलासहित २ हजार ८ सय १४ जना कामदार कोरिया आएका थियो । दोस्रो वर्ष भाषा परीक्षा गरेन । पहिलो वर्ष नै पास भएको मध्येबाट थप १९ सय ६१ जना आउन पाए ।

२०१० का लागि ४ हजार एक सय ८० पास भए । त्यस वर्ष दुई हजार तीन सय ३९ जना मात्रै आउन पाए । सन् २०११ मा १५ हजार ६ सय ७८ उत्तीर्ण भएकामध्येबाट ३ हजार ९ सय ८३ जना मात्रै कोरिया आए । २०१२ मा परीक्षा भएन । अघिल्लो वर्ष उत्तीर्ण भएकामध्येबाट ६ हजार तीन सय ३२ जनाले मात्रै मौका पाए ।

सन् २०१३ मा ७ हजार ७ सय ७८ जना पास भएकामध्ये ५ हजार ४६ जना मात्रै आउन पाए । सन् २०१४ मा तीन हजार ४ सय ७८ जना पास भएकामा ६ हजार २८ जना र २०१५ मा ८ हजार ३ सय ७० जना पास भएकामा ५ हजार ८ सय ६६ ले अवसर पाए ।

पछिल्ला तीन वर्षहरूमा पनि पास भएका सबै आउन पाएनन् । २०१६ मा ८ हजार ७९, २०१७ मा ७ हजार ८ सय र २०१८ मा ८ हजार ५ सय १ जना कोरिया आउन पाएका छन् ।

यस वर्षको भाषा परीक्षाका लागि शुक्रबारदेखि फाराम भर्ने समय खुलेको छ । १८ देखि ३९ वर्षभित्रकाले कोरिया जान फाराम भर्न पाउँछन् । २०१९ का लागि कोरियाले १० हजार ५० नेपालीको कोटा छुट्याएको छ ।

कोरियाले सन् २००८ देखि नेपाली कामदारलाई कृषि र उत्पादन क्षेत्रमा ल्याउन थालेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...