किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङ बुसान शाखाको संयुक्त रूपमा छुसकमा सांगितिक कार्यक्रम गर्ने
किरात राई यायोक्खा बुसान र किरात याक्थुङ चुम्लुङ बुसान शाखाको संयुक्त आयोजनामा आउने छुसकको अवसर पारेर सांगितिक कार्यक्रम गर्ने भएका छन्। राई यायोक्खा र याक्थुङ चुम्लुङ ख्यङ्साङ्नाम्दो बुसानको अाइतबार बसेको संयुक्त बैठकबाट विशेष गरि नेपालमा रहेका अनाथ बालबालिकाहरुको सहयोगार्थको लागि आउने छुसकको पहिलो दिन (September 12) मा नेपालका चर्चित ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको साथमा ख्यङ्साङ्नाम्दो बुसान किम्हेमा साङ्गीतिक कार्यक्रम गर्ने भएका हुन्।
कार्यक्रम सम्बन्धि अन्य बिस्तृत जानकारी केही समयपछि छिटै नै तय गरिने कुरालाई अवगत गराउँदै कार्यक्रम सब्य र भब्य रुपमा सफल बनाउनका लागि यस क्षेत्रमा रहेका अन्य संघ-संस्था, ब्यबसाही, बुद्दिजिबि, पत्रकार लागयत सम्बन्धित सम्पूर्ण लाई यसै सामाचारको माध्यमद्वारा आयोजक समितिले अनुरोध पनि गरेका छन्। आफ्नो भाषा, कला, संस्कार, संस्कृतिको संरक्षण विकास अनि प्रवर्धनका लागि स्थापना भएको यस संस्थाहरु सामाजिक क्षेत्रमापनि उत्तिकै सक्रिय रहेको कुरा सर्बविदितनै छ। किरात याक्थुङ चुम्लुङ बुसान शाखा र किरात राई यायोख्खा बुसान शाखा बिच साङितिक कार्यक्रम सयुक्त रुपमा यो पहिलो कार्यम आयोजना गर्न लागिएको हो ।