Advertisement
SKIP THIS

कहाँबाट ल्याइन्छ हलिउड फिल्महरुमा त्यति धेरै पैसा ?


फिल्महरुमा प्रयोग गरिने लाखौँ करोडौँ पैसाका नोट हेर्दा हुबहु लाग्ने भएपनि वास्तवमा ती केबल ‘प्रोप्स’ अर्थात रङ्गमञ्च, नाटक, फिल्म आदिमा प्रयोग हुने वस्तुगत सामग्री मात्र हुन् ।
विशेषगरी हलिउड फिल्महरुमा हामीले एकदमै धेरै पैसाको प्रयोग हुने गरेको देखेका छौँ । यस्तोमा सीएनएनले एट्लेन्टास्थित आरजेआर प्रोप्स कम्पनीका संस्थापक रिचर्ड रेपापोर्टसँगको कुराकानीपछि यस विषयमा केही रोचक खुलासा गरेको छ ।
सो कम्पनीले ‘फास्ट एण्ड फ्युरियस’ , ‘द वुल्फ अफ वालस्ट्रिट’ लगायत दर्जनौँ ठूला फिल्म र केन्ड्रिक लम्हार अनि फिफ्टी सेन्ट जस्ता विश्वचर्चित गायकहरुको म्युजिक भिडियोका लागि नक्कली नोट प्रदान गरिसकेको छ । तर नक्कली नोट छाप्ने व्यवसाय अत्यन्तै संवेदनशील रहेको हुँदा कम्पनीले सधैँ कानुनी प्रक्रियाहरुमा पनि ध्यान दिनुपर्ने रिचार्ड बताउँछन् । उनले भने, “अरु धेरै कम्पनीहरुले अवैध रुपमा प्रोपका लागि नक्कली नोट उत्पादन गरिरहेका छन् जसले एउटा पूरा फिल्म नै बन्द गराइदिन सक्छ भने कसैलाई जेलसम्म पनि पुर्याउन सक्छ ।”
यसरी प्राविधिक रुपमा अमेरिकी कानुनअनुसार नक्कली नोट छाप्दा एकपट्टी मात्र छाप्न पाइन्छ भने साधारण नोट भन्दा सानो वा ठूलो आकारमा हुनुपर्दछ । तर सबैले यस नियमको पालना नगर्ने हुँदा समय समयमा विभिन्न दुर्घटना हुने गरेको पाइन्छ ।
सन् २००१ मा मात्र ज्याकी च्यानको सुपरहिट फिल्म ‘रस आवर २’ को एउटा सिनमा प्रयोग गरिएको १ अर्ब डलर नक्कली नोट पूर्ण रुपमा नष्ट नभएपछि प्रयोगमा आएको खबर गरिएको थियो जसले त्यो बेला धेरै ठूलो विवाद उत्पन्न गराएको थियो । यसपछि नै यो विषयमा स्रिकेट सर्भिस पनि संलग्न हुन थालेको हो । ‘प्रोप मनि’ बनाउनेहरुले अहिलेसम्म पनि सो घटनालाई उदाहरणका रुपमा लिने गरेको पाइन्छ ।
यसैकारण नियम पालन गर्दैगर्दा उत्कृष्ट नोट निर्माण गर्नु कम्पनीहरुका लागि ठूलो चुनौति हुने गरेको रिचर्ड बताउँछन् । उनको कम्पनीले भने दुई किसिमका नक्कली नोट निर्माण गर्ने गरेको छ – एउटा नजिकबाट मात्र देखाउन र अर्को चाहिँ १५ इन्च टाढाबाट हेर्दा हुबहु देखिने किसिमको । यसलाई उच्च स्तरीय र मध्यम स्तरीयको नाम दिइएको उनी बताउँछन् ।
उनले भने, “हाम्रो मध्यम स्तरको नोट दुवैतर्फ प्रिन्ट गरिएको हुन्छ तर त्यसलाई अप्टिकल इल्युजन अर्थात हाम्रो आँखाले धोका खाने किसिमले बनाइएको हुन्छ । केही इन्च परबाट हेर्दा त्यो हुबहु असली पैसा जस्तो देखिन्छ तर नजिकबाट हेरेपछि भने सजिलै नक्कली भनेर छुट्याउन सकिनेछ ।”
यसरी क्यामेरामा वास्तविक पैसा जस्तो देखिने तर त्यही पैसा कुनै पसलमा गइ प्रयोग गर्न नमिल्ने किसिमले प्रोप मनि निर्माण हुने गरेको उनको भनाइ छ । “त्यस्तै उच्च स्तरीयमा भने नजिकैबाट हेर्दा असली देखिने, नोटको गन्ति गर्दा अनि अर्को मान्छेलाई हातमा थमाउँदा समेत एकदमै सक्कली देखिन्छ । जसकारण नै हामीले यसलाई दुवैपट्टी प्रिन्ट गर्न मिल्दैन,” रिचर्डले भने ।
यसरी कानुनका अनुसार वास्तविक पैसाको डिजाइन पनि हुबहु नक्कल गर्न नपाइने हुँदा कम्पनीले आफ्नो छुट्टै डिजाइन निर्धारित गर्ने गर्छन् ।
रिचर्डका अनुसार उनीहरुले खालि कागजबाट काम सुरु गर्ने गरेका छन् र कागजको गुणस्तरमा पनि अत्यन्तै ध्यान दिने गरेको बताउँछन् । उनले थप भने, “हामी दुनियाँको एक मात्र यस्तो कम्पनी हौँ जो गुणस्तरको यति ख्याल गछौँ किनकी हामी चाहन्छौँ की हाम्रो पैसा सम्भव भएसम्म असली देखियोस् ।”
एउटा उच्च स्तरीय नोट एक झलकमा हेर्दा हुबहु देखिने गरेपनि नजिकैबाट नियाल्दा धेरै फरक थाहा हुने उनको भनाइ छ ।
सयसयको मुठ्ठा पारिएको मध्यम स्तरीय नोटलाई आरजेआर कम्पनीले ४५ डलर प्रतिमा बिक्री गर्ने गरेको छ भने उच्च स्तरको प्रति मुठ्ठा ६५ डलर पर्ने गर्दछ ।
त्यस्तै नयाँ नभएर चल्तीमा रहेको जस्तो पुरानो नोटका लागि चाहिँ अतिरिक्त २० डलर लाग्ने गरेको रिचर्ड बताउँछन् ।
उनी भन्छन्, “वास्तवमै नक्कली नोट बनाउनु हामीले कल्पना गरे भन्दा धेरै कठिन काम हो । किनकी यसलाई हातैले बनाउनुपर्छ । त्यस्तै चल्तीमा रहेको जस्तो देखाउन कम्तीमा पनि १५–२० जना बसेर प्रत्येक नोटलाई कुच्याउने, दाग लगाउने, केही ठाउँमा चुरोटले जलाउने गर्नुपर्ने हुन्छ ।”
आरजेआरले अहिलेसम्म नेट्फ्लिक्सको ‘ओजार्क’ नामक टिभी ड्रामाका लागि सबैभन्दा धरै नोटको अर्डर प्राप्त गरेको बताएको छ । यसरी आरजेआरले नोट बाहेक नक्कली लागू पदार्थ, अन्तरिक्षका स्पेसक्राफ्ट लगायत अन्य तीस हजार प्रोप्स पनि विक्री गर्ने गरेको छ । हप्तामा २० पटक म्युजिक भिडियोबाटै अर्डर प्राप्त हुने गरेको रिचर्ड बताउँछन् । त्यस्तै यसका लागि कसैकसैले भने वास्तविक पैसाको प्रयोग गर्ने गरेको पनि रिचर्डले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...