रास्कोट अस्पताल सहयोग अभियान कोरियाको पत्रकार सम्मेलन हुँदै


रास्कोट सामुदायिक अस्पताल सहयोग अभियान कोरियाले अभियानमा सहयाेग गर्ने महानुभावहरूलाइ धन्यबाद तथा अभियानकाे बारेमा जानकारी दिन “पत्रकार सम्मेलन तथा हार्दिक धन्यबाद ज्ञापन कार्यक्रम ” काे आयाेजना गर्ने भएकाेछ।

आगामी अप्रिल ७ तारिख  साेल जाेङगाक स्थित दुर्गा रेष्टुरेण्टकाे सभाहलमा आयाेजना हुने कार्यक्रममा    बिभिन्न तवरले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरु,उदार मनका सहयोगीदाताहरु, सामाजिक अभियन्ताहरु ,कोरियामा रहनुहुने विभिन्न संघ सस्था, ब्यबसायी,बिद्यार्थी, पत्रकार,मिडिया प्रमुख तथा प्रतिनिधि,बुद्धिजीवी लगाएत सम्पुर्ण कोरियाबासी आदरणीय नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा बिशेष आभार प्रकट गर्दै गरिमामय उपस्थितिको लागि आयाेजकले  हार्दिक आह्वान तथा निमन्त्रणा गरेकाेछ।

रबि लामिछाने फाउन्डेसन तथा लोकप्रिय कार्यक्रम “सिधा कुरा जनता सङ्ग” न्युज २४ टिमको सक्रियतामा निर्माण हुन लागिरहेको विकट कर्णालीको कालिकोट स्थित रास्कोट सामुदायिक डिजिटल अस्पतालको लागि आर्थिक सहयोगार्थ हाल कोरियामा चलिरहेको अभियान गत डिसेम्बर २२ बाट सुरुवात भएर ३ महिनासम्म निरन्तर तिब्र गतिमा अगाडि बढिरहेको छ। रास्कोट अस्पताल सहयोग अभियान तथा रास्ट्रप्रेमी नेपालीहरुको एकता र सक्रियतामा दक्षिण कोरियामा संचालित उक्त आर्थिक सहयोग संकलन अभियान यही आगामी अप्रिल ७ गते आईतवार सम्म सहयोग संकलन कार्य जारी राख्दै सोही दिन नै सम्पूर्ण संकलित आर्थिक विवरण सार्बजनिक  गरिने कार्यक्रम रहेकाेछ।

हाल सम्म ८ सय ३० बढी सहयोगी दाताहरु जुट्दै निरन्तर सहयोग रकम उपलब्ध भइरहेको हुदा सहयोग गर्न इच्छुकलाई वा रकम जम्मा गर्न छुट्नुहुने सहयोगी दाताहरुलाई समयमै रकम उल्लेखित खातामा जम्मा गरि सहयोग पुर्याईदिनुहुन अनुरोध पनि गरिएको छ । खाता विवरण :खाता वालाकाे नाम:스포트 네팔 बैङ्ककाे नाम:उरी बैङ्क खाता नम्बर:1006-901-459156 कार्यक्रम :

रास्कोट सामुदायिक डिजिटल अस्पताल सहयोगार्थ :कोरियामा संचालित आर्थिक सहयोग अभियान सार्वजनिक गरिने बारेमा “धन्यवाद ज्ञापन तथा पत्रकार सम्मेलन कार्यक्रम ”

मिति :  ०७ अप्रिल २०१९

स्थान : जोङ्गाक स्टेशन (दुर्गा रेस्टुरेन्टको सभा हल)

समय: मध्यान्ह १२:३० बजे देखि

आयोजक : रास्कोट सामुदायिक अस्पताल सहयोग अभियान तथा राष्ट्रप्रेमी नेपाली एकता अभियान दक्षिण कोरिया ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...