“फूलकाे बिज्ञप्ती” भित्र आम जन जीबनमा घटित घटनाका बिज्ञप्तीहरू छन् : साहित्यकार मिलन कान्छा किराती


नेपाली साहित्यमा मिलनकान्छा किराती एक परिचित नाम हो ।खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवा–दाम्ली, पिपलटार टोलमा जन्मिएर साहित्य, समाजसेवा र राजनितिमा लामो समयदेखि योगदान दिदै आएका किराँती हाल दक्षिण कोरियामा छन् । कोरियाको अति नै ब्यस्त समयको बाबजुद पनि साहित्यमा निरन्तर कलम चलाउदै आएको देखिन्छ । उनको भर्खरै चौथो कृतिको रुपमा “फूलको विज्ञप्ति” नामक पुस्तक ईण्डिगो इङ्कले बजारमा ल्याएको छ ।उनका यसअघि प्रकाशित भएका कृतिहरु शान्तिको खोजी २०६१ कविता सङ्ग्रह, आँसुको बर्षा (वाम्बुले राई मातृभाषामा) २०६६ कथा सङ्ग्रह र संयुक्त २०६७ कविता सङ्ग्रह हुन्। नयाँ कृति ” फूलकाे बिज्ञप्ती” पुस्तकको सेरोफेरोमा रहेर साहित्यकार किरातीसंग फोनिज कोरियाका लागी यम श्रीस मगरले गरेको विशेष कुराकानी

अहिले दिनहरु कसरी बित्दैछ ?

–नियमित कार्य, थोरै सिर्जना, लेखन । थोरै राजनैतिक सङ्गठनलाई पनि समय दिन्छु । यस्तै हो ।

फूलको विज्ञप्ति कस्तो कृति हो ?

– फूलको विज्ञप्ति गद्य विधामा आधारित कविता सङ्ग्रह हो ।

फूलको विज्ञप्तिभित्र के छ ? अर्थात, कस्ता खालका सन्देश भावहरु दिने कविताहरु छन ?

– फूलको विज्ञप्तिभित्र आम जन–जीवनमा घटित घटनाका विज्ञप्तिहरु समावेश छन् । सबै कविताहरु भिन्नभिन्न रसयुक्त छन् । विशेषगरी, दुःखी, दिनहीन, उत्पीडित वर्ग र सीमान्तकृतको मूलस्वर पाउनुहुनेछ । अत्यन्त सरल भाषामा सबैले बुझ्ने गरी फरक स्वादमा पस्कने प्रयास गरेको छु ।

पुस्तक कहाँ–कहाँ पाइन्छ ? बजारको स्थिती कस्तो छ ?

–प्रकाशकको अनुसार नेपालको अधिकाङ्श बुक स्टोर, भारतको दार्जिलिङ र अनलाईन बुक स्टोरमा समेत पाइन्छ । कोरियामा पनि उपलब्ध छ । कोरियाको लागि ०१० ८८७७ ६३४२ र ०१० ६५४७ ५२१० अथवा निक ट्राभल कम्पनी सौल, दोङ्देमुन ०१० ४६३८ ५९७२ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

बजारको स्थिती कोरियामा पहिलो दिन नै पाँच लाख पचास हजार वन अर्थात नेपाली रुपैयाँ पचपन्न हजार बराबरको बिक्री भयो । फरक र राम्रो सिर्जना ल्याउन सके कोरियामै पन्ध्र, बीस हजार कपी सेल गर्न सकिने सङ्केत हो यो । यसरि हेर्दा कोरियामै कविताबाट करोड कमाउन सकिन्छ । नेपालमा पनि धेरै राम्रो रेस्पोन्स आईरहेको छ ।

साहित्य र समाजको रङ पुरानो भएर खुइलिदै गएको कारण नयाँ रङको आवश्यकता छ भन्नुभएको छ, यसो भन्नुको अर्थ के हो ? प्रष्ट्याईदिनुस् न ।

–महत्वपूर्ण प्रश्नको लागि धन्यवाद । समयसँगै साहित्य, समाजमात्रै नभएर जीवन–जगतका आम वस्तुहरु चलायमान र परिवर्तनशील छन् । यि सारा नयाँ परिवर्तन कसैको लागि नभएर हामी मानवको निम्ति नै हो । मानवको ईच्छा, आकाङ्क्षा र आवश्यकता पूर्तिको लागि हो । माग र पूर्तिबीचको ग्याप फुलफिल गर्न सक्नु नै कुनै पनि क्षेत्रमा व्यवसायिक बन्नु हो । घरको रङ पुरानो भएर खुइलिएपछि नयाँ रङ लगाइएजस्तै साहित्य र समाजको रङ पनि नयाँ लगाउनु आवश्यक हुन्छ । तसर्थ, वर्तमान नेपाली साहित्य र समाजको पनि रङ खुइलिएर नयाँ रङ माग गरिरहेको आभास पाउँछौँ । साहित्यको नयाँ रङ साहित्यिक सिर्जनामार्फत र समाजको नयाँ रङ राजनितिक सिद्धान्त, विचारमार्फत बदल्न संभव छ ।

तपाई नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय सदस्य हुनुहुन्छ, राजनितिक संलग्नताले तपाईको साहित्य क्षेत्रमा असर पुर्याउँदैन ?

सर्वप्रथम त साहित्य र राजनिति अलग–अलग स्वतन्त्र क्षेत्र हुन् भनेर बुझ्नु पर्दछ । त्यसो त यिनीहरु अवश्य कहि न कहि अन्तरसम्बन्धित हुन्छन् नै । अहिले राज्यको केन्द्रीय संसदलाई जसरी सङ्घीय संसद भनिएको छ । हालको राज्यसंरचना अनुसार नयाँ शक्ति पार्टीले पनि आफ्नो साङ्गठिक संरचना बनाएको छ । त्यसैले, हामीले केन्द्रीय समितीलाई सङ्घीय समिती भनेका छौँ । यसरी हेर्दा म सङ्घीय सदस्य हुन्छु । हुँ । म सम्पूर्ण पाठकमा के अनुरोध गर्न चाहन्छु भने मेरो साहित्यिक र राजनितिक पाटोलाई अलग–अलग कोणबाट हेरिदिनु होला ।

विचार र सिर्जनाको खास तात्विक भिन्नता नदेखिए पनि यसमा निकै भिन्नता छ । मेरो राजनैतिक विचारमा असहमत हुुनु हुनेले साहित्यिक सिर्जनामा सहमत हुन सक्नुहुन्छ अर्थात मन पराउन सक्नुहुन्छ । यसरी हेर्याे भने समस्या छैन । फेरि पनि सत्य कुरालाई नलुकाई भन्ने हो भने अब नेपाली राजनितिमा जनताले विकल्प खोज्न थालिसकेका छन् । त्यसो हुँदा वैज्ञानिक विचार र बाटोको हिसाबले देशमा नयाँ शक्ति पार्टीको अर्को विकल्प अहिलेसम्म छदै छैन ।

यो कविता लेख्न कति समय लाग्यो ? अर्थात कोरियाको ब्यस्त समय संगै कसरी समय मिलाउनु भयो ?

–यो कविता लेख्न त्यसरी समय सीमा नै त तोकिएन । त्यसरी लेखिएन । त्यसरी लेख्न पनि नसकिदो रहेछ । तर मेरो ख्यालमा यसभित्र तीन, चार साल बूढो कविताहरु पनि समावेश छन् । सिर्जना फुर्न समय फुर्सद नै हुनुपर्छ भन्ने नहुँदो रहेछ । कहिले काम गर्दागर्दै फुर्छ । कहिले फुर्सदमा बस्दा पनि त्यत्तिकै दिन बितेको हुन्छ । कहिले एकदिनमै दुई, तीनवटा आईराखेको हुन्छ । कहिले महिनौमा पनि एउटै फुर्दैन । यसलाई समय पनि मिलाउन जरुरत छैन जस्तो लाग्छ । कहिलेकाही हिड्दा–हिड्दै पनि कविता जन्मिन्छ ।

अहिले बजारमा फूलको विज्ञप्ति आईसक्यो। पाठकबाट कस्तो खालको प्रतिक्रिया पाउनु भएको छ ?

–पाठक प्रतिक्रिया केहि आइरहेका छन् । अत्यन्त सिर्जनात्मक र सकरात्मक पाएको छु । यसले थप उर्जा मिलेको छ । निकै उत्साहित छु ।

साहित्यमा कलम चलाउन के कुराले प्रेरित गर्छ ?

–विशेषतः सामाजिक विभेद, उत्पीडन, अन्याय भएको देखेपछि उकुस मुकुस हुन्छु । कहिलेकाहीं दुःख, पीडा, वेदनाहरु पनि व्यक्त हुन खूब बल गरिरेका हुन्छन् । कुनैबेला मनका अन्तरकुन्तरबाट अनौठा कुतूहलताहरु प्रष्फुटित हुन खोज्छन् । ति सबैलाई कसैगरि कविताको माध्यमबाट बाहिर निकाल्छु । त्यतिखेर, जुन उचाईको आनन्द लिन्छु । त्यहि आनन्दको लागि लेख्छु । खासमा मलाई प्रेरित गर्ने चीज त्यहि हो ।

कथा, कविता र निबन्ध मध्ये कुन विधामा कलम चलाउन मन पर्छ ?

म खासमा गद्य कविता लेख्ने गर्छु । त्यसो त पद्य छन्द कविता पनि खूब मन पर्छ । कुनैबेला शिखरिणी, शार्दूलविक्रीडित, अनुष्टुप र झ्याउरे छन्दमा लेख्थेँ । पछि खै किनकिन त्यसै छोडेँ । केहि थान गजल, गीतहरु पनि लेखेको छु । केहि गीत रेकर्ड पनि भएकाछन् । यहाँ के अनुभव मिल्यो भने औसत लेख्नेले जे पनि लेख्न सक्छ । लेख्नलाई समस्या छैन । त्यस्तरी स्तरीय हुन्न । गीत, गजल, गद्य, पद्य सामान्य रुपमा जे पनि लेख्छ । तर, जो कुनै विधामा गहिरिएर लाग्छ । समात्छ । ऊ उच्च गुणयुक्त बन्छ । स्तरीय बन्छ । त्यतिखेर, आफ्नो विधासँग रिलेटेड बाहेक अर्को विधामा खासै रुची राख्दैन । जस्तो कि, पद्य कविता लेख्नेले मुक्तक, गजल, गीतमा निकै जम्न सक्छ । हुन त अचेल खूब चलेका गीत नै गद्य कविता जस्ता हुन्छन् । त्यसको मतलब गीतमा गद्य लेख्नेको पनि स्कोप छ भन्न खोजेको हो । म गद्य कविता लेख्ने भएकोले कथा, उपन्यास पनि त्यसैसँग रिलेटेड भएकोले लेख्न सकिन्छ । निवन्ध फरक विधा भएर पनि गद्य लेखनसँग नजिक सम्बन्ध छ । त्यसैले, लेख्न सकिन्छ । हल्का गीत, गजल, मुक्तक लेखिए पनि गद्य विधा लेख्न मन पर्छ ।

गद्य लेखन अथवा कविता लेखनमा को बाट प्रभावित हुनुहुन्छ ?

त्यस्तो प्रभावित नै त होइन । तर, मलाई निकै मनपर्ने लेखकहरु विलियम वर्डस्वःथ, लियो टोल्सटोय, पावुलो कोहेलो, गोर्की, चेखव, शेक्सपियर, होमर, दाँते, विलियम ब्ल्याक, ओष्कार वाईल्ड, जोनाथन स्वीफ्ट, इमेली डिकिन्सन, डेलन थोमस्, माया एङ्गेलोउ, गालिब मिर्जा, गोपाल रिमाल, भूपि शेरचन र पछिल्लो चरण राष्टिय गानका सर्जक व्याकुल माइला आदि हुनुहुन्छ । व्याकुल माइलाको गीत मात्रै होइन कविता पनि उत्तिकै लोभलाग्दा र मन छुने खालका हुन्छन् । त्यसैले, फूलको विज्ञप्ति सबैभन्दा पहिला वहाँलाई देखाएको थिएँ । मलाई यस्तो लाग्छ, वहाँ सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली राष्टिय गानका सर्जकमात्रै होइन । नयाँ नेपाल राष्टकै राष्टकवि हुन् ।

अब अर्को कृतिको रुपमा के आउदैछ ?

केही समय फूलको विज्ञप्ति रन हुन दिन्छु । त्यसपछि, केहि समयअघि तयारी अवस्थामा रहेको कक्टेल आख्यान विधालाई अनुमति दिनसक्छु । समयले साथ दिए, पाठकको माया पाए बजारमा कक्टेलसँग भेट गर्न सकिनेछ ।

अन्त्यमा केहि भन्नु छ कि ?

– यसरी महत्वपूर्ण समय मिलाएर विशेष कुराकानीको लागि तपाई लगायत फोनिज कोरिया परिवारलाई धेरै धन्यवाद । सम्पूर्ण पाठक वर्गमा फूलको विज्ञप्ति हेरेर सुझाव, सल्लाह, प्रतिक्रिया दिनुहोला, भन्न चाहन्छु । जसको कारण तपाईहरुमाझ अझ तिखारिएर उत्कृष्ट सिर्जनासहित आउन सकौँ । जय साहित्य, जय कविता !! धन्यवाद ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...