Advertisement
SKIP THIS

कोरियामा रेडियो फ्रीक्वेन्सको चीप डिजाइन गर्दै डा.भानु श्रेष्ठ


देवेन्द्र सम्बाहाम्फे

श्यामकृष्ण र चन्द्रदेवी श्रेष्ठको माइला छोराको रुपमा २०२३ सालमा दोलखा भिमेश्वरमा जन्मिएका भानु श्रेष्ठ कोरियाको क्वाङवून बिश्वबिध्यलायका प्राध्यापक हुन । पढाईमा सानैदेखि तेज भएकाले ८ कक्षा पढ्दै इन्जीनीयर बन्ने सपना बुनेका थिए । त्यो सपना भिमेश्वर माबि,पाटन क्याम्पस हुदै सोलको क्वाङवून विश्वविद्यालयमा पुगेर सन् २००४ मा पूरा गरे उनले ।

 

पाटन क्याम्पसमा बीएस्सी पढ्दापढ्दै नेपाल छारे रोग संघ अन्तर्गत कोरियन संस्थाद्धारा संचालित प्रोजेक्टमा आफ्नै जिल्ला दोलखामा स्वयंसेवा गर्ने मौका पाए भानुले । यसै शिलशिलामा उनी प्याथोलोजीको एक बर्षे तालिम लिन कोरिया पहिलो पटक आए । तालिम अवधिमा डाक्टर हुने इच्छा नजागेको पनि होइन तर सोद्धैबुझ्दै जाँदा डाक्टर पढ्न धेरै महँगो र गाह्रो हुने थाहा पाएपछि पुरानै इच्छा पुरा गर्न लागे । यसका लागि सन् १९९४मा क्वाङवून बिश्वबिद्यालयमा इलेक्ट्रोनिक इन्जीनियारका लागि स्नातक तहमा भर्ना भए । त्यहाँबाट उनले २००४ मा रेडियो फ्रीक्वेन्सी इन्टरग्रेटेड सकिर्ट (आरएफआइसी) मा स्नातकोत्तर सन् २००८ मा मोनोलेथिक माइक्रो वेभ इन्टरग्रेटेड सर्किट (एमएमआइसी )मा विद्यावारिधि गरे ।

 

श्रेष्ठको अनुसन्धान रेडियो फ्रीक्वेन्सीमा बिना तार सिग्नल पठाउने प्रणालीभित्र जेनेरेटिङ गर्ने चीप डिजाइन गर्नु रहेको छ । चीप डिजाइन प्रबिधि कोरिया,जापान र अमेरिकामा समेत उच्चस्तरको प्रबिधि मानिन्छ । त्यसैले यस क्षेत्रमा बिभिन्न खालका चीपहरुलाई कति स्लीम, सानो र कम्फरटेबल बनाउने बिषयमा प्रतिष्पर्धा भइरहन्छ । यो प्रबिधि नेपालमा मोबाइल लगायत विभिन्न बिद्युतीय उपकरणहरुमा प्रयोग भए पनि नेपाल प्राबिधिक निर्माणको युगमा हालसम्म प्रवेश नगरेकाले नेपालमा निर्माण गर्नु धेरै कठिन हुने उनको अनुभव छ । दैनिक ८/१० घण्टा चीप डिजाइन प्रयोगशालामा समय बिताएर त्यस खालका थरि थरिका चीप डिजाइन गरिरहेका श्रेष्ठ आफुले निर्माण गरेको चीप सफल बनाएर नेपाल र नेपालीको नाम उच्च राख्ने सोचमा तल्लिन छन् ।

 

बिगत ५ बर्षदेखी आफैंले अध्ययन गरेको विश्वबिद्यालयमा प्राध्यापन गरिरहेका श्रेष्ठले आफ्नो अनुसन्धानबारे बेलायत अमेरिकामा पटकपटक कार्यपत्र प्रस्तुत गरेका छन् । उनको खोज तथा अनुसन्धान अद्धितीय भएका कारण सन २००९ लगातार २०१४ सम्म ‘हु इज हु’ शब्दकोषमा नाम लेखाउन सफल भएका छन् । ‘हु इज हु’अमेरिकाबाट हरेक बर्ष प्रकाशन हुदै आएको विश्वका बिभिन्न क्षेत्रका अद्धितीय प्रतिभाहरुको नामावली समावेश गरिएको शब्दकोष हो । यसमा यसरी लगातार नाम लेखाउन सफल हुने संभवत: उनी पहिलो नेपाली हुन् । त्यस्तै इन्टरनेशनल बायोग्राफिकल सेन्टर (आइबीसी) क्याम्ब्रीज बेलायतबाट चार पटकसम्म आवार्ड तथा सम्मान पाएका छन् भने सन् २००९ मा नेपाल बिद्या भूषण स्वर्ण पदक समेत पाएका छन् । यस लगायत पनि दर्जनौ पुरस्कार,सम्मान र अभिनन्दन पनि पाएका छन् ।

 

पढाईमा आमा बुबाको मात्र होइन अहिलेका साहित्यकार मधु माधुर्यको रेखदेख र प्रेरण पाएका थिए । माधुर्य भानुका जेठा दाइ हुन । माधुर्यकै प्रेरण पाएर भानु सहित्य र साङ्गीत क्षेत्रमा समेत लागेका थिए । उनले आफ्नै गीत,संगीतमा दोलखा भन्ने नेवारी गीत समेत गाएका छन् । उनी ताइक्वन्दो खेलका खेलाडी र प्रशिक्षक पनि हुन । यस खेलमा अमुल्य योगदान पुर्याएकाले कोरिया ताइक्वन्दो एशोसिएशनले‘ द होनोरेरी थर्ड ब्ल्याक बेल्ट’ प्रदान गरेर सम्मान गरेको छ भने अल नेपाल ताइक्वन्दो एकेडेमीबाट पनि सम्मान पाएका छन् । यहा रहेर अध्यापनका साथै सोल सङबुक क्षेत्रको शैक्षिक,सामाजिक र बहुसास्कृतिक बिकासमा प्रत्यक्ष अप्रत्यक्ष योगदान गरे बापत कोरियाको सरकारले गत बर्ष सम्मानार्थ कोरियन नागरिकता प्रदान गरेको छ । कोरिया सरकारबाट मानार्थ नागरिकता पाउने उनी तेश्रा नेपाली हुन । कोरिया तथा नेपालका थुप्रै सामाजिक तथा प्रविधिक संस्थाहरुको संरक्षक तथा सल्लाहकार समेत रहेका छन् ।

 

bhanu1

नेपाल र कोरिया बिच सास्कृतिक आदान प्रदान कार्यमा समेत सकृय भूमिका निर्बाह गर्दै आएका श्रेष्ठले दुई देशबीचको प्रकृतिक,सास्कृतिक,भौगोलिक र रहन सहनको परिचय खुल्ने ‘नेपाल संवाद’   नामक पुस्तक पनि लेखेका छन् । यो पुस्तकले कोरियाली पर्यटकहरुलाई नेपालबारे अझ धेरै बुझन मद्धत गर्नेछ भने नेपाली पाठकलाई कोरिया बुझ्न त्यति नै उपयोगी छ । उनी नेपाल कोरिया फ्रेण्डसीप सोसाइटीका पूर्व सभापति पनि हुन् ।

 

आफूले सिकेको प्रविधि नेपालको लागि अत्यावश्यक रहेको श्रेष्ठको दाबी छ । नेपालमा रेडियो फ्रीक्वेन्सी सम्बन्धी सैद्धान्ति ज्ञान दिने काम शुरु भए पनि यसको कसरि डिजाइन गर्ने भन्ने बिषय धेरै पछाडि रहेको उनले बताए । नेपालीहरुले अस्थिरता, बन्द, हड्तालको राजनीति छोडेर सामाजिक,आथिर्क र सास्कृतिक बिकासमा लाग्नु जरुरी रहेको उनको ठम्याई छ । बिज्ञान र प्रविधिका साथै वभिन्न क्षेत्रका प्रतिभाशालीहरुका लागि न नेपालमा ‘स्काउट सिस्टम ’ लागु गर्नुपर्ने श्रेष्ठको राय छ । उपयुक्त वातावरण र अवसर निर्माण भए विभिन्न मुलुकहरुबाट आफुले आर्जन गरेको प्रविधि,ज्ञान ,सीप र दक्षता लिएर नेपाल फर्कने उनको चाहाना छ । सोल म्यङदङको एउटा नेपाली रेस्टुरेन्टमा भेटिएका उनले अरु थपे ‘यसका लागि सरकारले उपयुक्त नीति नियम र वातावरण बनाईदिनुपर्दछ ।’

 

 

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...